२३ बैशाख २०८१, आइतबार | May 5, 2024

माछापुच्छ्रे बैंक रअग्नि इन्कर्पोरेटेड बीच व्यवसायीक सम्झौता, अव महिन्द्रा ब्राण्ड गाडी खरिद गर्दा सस्तो ब्याज लाग्ने



काठमाडौं । माछापुच्छ्रे बैंक र महिन्द्रा ब्राण्डको नेपालको लागि आधिकारिक बिक्रेता अग्नि इन्कर्पोरेटेड बीच व्यवसायिक सम्झौता भएको छ । सम्झौता पश्चात महिन्द्रा ब्राण्डको गाडीहरुको खरिद गर्न आउने ग्राहकहरुलाई माछापुच्छ्रे बैंकले सहुलियत दरमा कर्जा उपलब्ध गराउने छ ।

उक्त सम्झौतापत्रमा अग्निइन्कर्पोरेटेडको तर्फबाट प्रबन्ध निर्देशक क्याविनेट श्रेष्ठ तथा माछापुच्छ्रे बेंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गरेका थिए । सम्झौता अनुसार माछापुच्छ्रे बैंकले देशभर रहेका आप्mना शाखाकार्यालयहरु मार्फत र अग्नि इन्कर्पोरेटेडका देशभर रहेका डिलरबाट सवारी साधन खरिद गर्न चाहने ग्राहकहरुलाई सहज र सरल रुपमा सेवा प्रदान गर्नेछ ।

स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन बैंक कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले प्रकाशित गरेको प्रेस नोटमा उल्लेख गरेको छ । बैंकले हाल सम्म १६० वटा शाखाहरु, १४८ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टरसमेत गरी जम्मा ३१३ स्थानबाट सेवा दिँदै आएको छ । माछापुच्छ्रे बैंकको १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढि पीओएस मार्फत ग्राहकहरुलाई सुबिधा समेत दिँदै आएको छ ।

प्रकाशित मिति : १९ पुस २०७७, आइतबार  १० : ५० बजे

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच

जनता समाजवादी पार्टी फुट्यो

काठमाडौं। उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन