८ बैशाख २०८१, शनिबार | April 20, 2024

बैशाखमा चुनाव हुनेकुरा पत्याउनै सकिन्न : घनश्याम भुसाल



कावासाेती । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य घनश्याम भुसालले बैशाखमा  कुनै हालतमा निर्वाचन हुन नसक्ने बताएका छन् ।

भुसालले मध्यावधि निर्वाचन गर्नका लागि नभई देखाउन मात्र घोषणा गरिएको उनको भनाइ छ । भुसालले निर्वाचनमा जाने प्रक्रिया र बाटो नै गलत रोजिएकाले बैशाखमा निर्वाचन हुने कुरा पत्याउनै नसकिने  बताए ।

सोमबार पुर्वी नवलपरासीकाे देवचुलीमा  जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै  निवर्तमान कृषि तथा पशुपंंक्षी विकासमन्त्री समेत रहेका भुसालले भने, ‘निर्वाचन गर्नका लागि निर्वाचन घोषणा गरिएको होइन, बैशाखमा निर्वाचन हुन्छ भनेर कसैले पत्याउँछ र ?’ भुसालले बैशाखअघि नै प्रतिनिधिसभा पुनर्स्थापना हुनेसमेत दाबी गरे ।

भुसालले पूर्वराजा ज्ञानेन्द्रले विघटन गरेको संसदसमेत पुनर्स्थापित भएको स्मरण गर्दै अहिले पुर्नस्थापना नहुने प्रश्नै नआउने उल्लेख गरे ।

उनले पार्टीका सबै कमिटी र संसदीय दलमा अल्पमतमा परेका ओलीले असंवेधानिक रुपमा संसद विघटन गरेको आराेप  लगाए ।

भुसालले प्रधानमन्त्रीप्रति संकेत गर्दै जसले संसद विघटन गर्याे उसैले निर्वाचन गर्छु भन्नु कुनै हालमा पत्याउनै नसकिने बताए उनले तत्काल संसद पुनर्स्थापना नभए मुलुकमा अस्थिरता पैदा हुन सक्ने उनकाे भनाई थियाे ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ३ : ३१ बजे

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच

गण्डकीमा मन्त्रीको कार्यविभाजन, मनाङेलाई भौतिक पूर्वाधार मन्त्रालय

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले मन्त्रीहरुको कार्यविभाजन गरेका

संवादका माध्यमबाट मुलुकमा देखिएका समस्या समाधान गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौं । नेपाल (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

नीति र नेतृत्वमा एमालेभित्र विवाद छैन : अध्यक्ष ओली

काठमाडौं । नेपाल ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले नीति र

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन

पर्सा । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको हालसम्ममा रु