१५ असार २०८३, सोमबार | June 29, 2026

बैशाखमा चुनाव हुनेकुरा पत्याउनै सकिन्न : घनश्याम भुसाल



कावासाेती । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य घनश्याम भुसालले बैशाखमा  कुनै हालतमा निर्वाचन हुन नसक्ने बताएका छन् ।

भुसालले मध्यावधि निर्वाचन गर्नका लागि नभई देखाउन मात्र घोषणा गरिएको उनको भनाइ छ । भुसालले निर्वाचनमा जाने प्रक्रिया र बाटो नै गलत रोजिएकाले बैशाखमा निर्वाचन हुने कुरा पत्याउनै नसकिने  बताए ।

सोमबार पुर्वी नवलपरासीकाे देवचुलीमा  जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बाेधन गर्दै  निवर्तमान कृषि तथा पशुपंंक्षी विकासमन्त्री समेत रहेका भुसालले भने, ‘निर्वाचन गर्नका लागि निर्वाचन घोषणा गरिएको होइन, बैशाखमा निर्वाचन हुन्छ भनेर कसैले पत्याउँछ र ?’ भुसालले बैशाखअघि नै प्रतिनिधिसभा पुनर्स्थापना हुनेसमेत दाबी गरे ।

भुसालले पूर्वराजा ज्ञानेन्द्रले विघटन गरेको संसदसमेत पुनर्स्थापित भएको स्मरण गर्दै अहिले पुर्नस्थापना नहुने प्रश्नै नआउने उल्लेख गरे ।

उनले पार्टीका सबै कमिटी र संसदीय दलमा अल्पमतमा परेका ओलीले असंवेधानिक रुपमा संसद विघटन गरेको आराेप  लगाए ।

भुसालले प्रधानमन्त्रीप्रति संकेत गर्दै जसले संसद विघटन गर्याे उसैले निर्वाचन गर्छु भन्नु कुनै हालमा पत्याउनै नसकिने बताए उनले तत्काल संसद पुनर्स्थापना नभए मुलुकमा अस्थिरता पैदा हुन सक्ने उनकाे भनाई थियाे ।

प्रकाशित मिति : २० पुस २०७७, सोमबार  ३ : ३१ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै