२० मंसिर २०८२, शनिबार | December 6, 2025

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माघ २ गतेदेखि हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्दै



काठमाडौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माघ २ गतेदेखि हालसम्मकै ठूलो आईपीओ निष्काशन गर्ने भएको छ । बैंकले माघ २ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन भएको हो । यो हालसम्मको ठूलो आईपीओ हो।

बैंकले जारी पूँजी २० अर्बको ४० प्रतिशतले हुन आउने ८ अर्ब रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका ८ करोड कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो।

निष्काशन गर्न लागेको कुल शेयरमध्ये ०.२० प्रतिशत अर्थात १ लाख ६० हजार कित्ता शेयर कर्मचारीहरुका लागि बाँडिने भने ५ प्रतिशत अर्थात ४० लाख कित्ता शेयर सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिनेछ । यस्तै बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ताका सर्वसाधारण लगानीकर्ताले आवेदन दिने सक्नेछन् ।

बैंकको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

हाल बैंकको चुक्ता पूँजी १२ अर्ब रुपैयाँ रहेको छ। ८ अर्ब रुपैयाँबराबरको आईपीओ बाँडफाँटपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब पुग्नेछ।

 

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  १२ : ०१ बजे

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय