२६ बैशाख २०८१, बुधबार | May 8, 2024

प्रचण्ड-नेपाल पक्षद्वारा प्रदेश २ को संसदीय दलबाट मण्डल हटाइए, नयाँ नेतामा महतो चयन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रदेश २ को संसदीय दलको नेता परिवर्तन गरेको छ ।

प्रचण्ड-नेपाल पक्षले संसदीय दलका नेताबाट सत्यनारायण मण्डललाई हटाएर सो ठाउँमा शत्रुधन महतोलाई चयन गरेको छ । मण्डल ओली पक्षीय सांसद हुन् । मण्डल ओली पक्षको प्रदेश २ का इन्चार्ज समेत हुन्।

यसअघि प्रचण्ड-नेपाल पक्षले मण्डल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

मंगलबार बसेको प्रदेश संसदीय दलको बैठकले अविश्वासको प्रस्ताव पारित गर्दै मण्डललाई संसदीय दलको नेताबाट हटाएको हो ।

नयाँ नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएकोमा सांसद महतोको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका थिए ।

प्रदेश २ मा नेकपाका ३२ जना सांसद रहेका थिए । जसमध्ये १८ जना सांसदले हस्ताक्षर गरी मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । महतोलाई दल नेता चयन गर्न भने १९ जना सांसदको हस्ताक्षर संकलन भएको थियो ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ४ : ३८ बजे

कार्यकर्तालाई इमान्दार बन्न एमाले अध्यक्ष ओलीको आग्रह

कपिलवस्तु । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

चल सम्पत्ति धिताे राखेर पनि ऋण पाइने ऐन बन्दै

काठमाडौं । सुरक्षित कारोबार पहिलो संशोधन विधेयक–२०८० सम्बन्धी विधेयक राष्ट्रिय

पितापुर्खाको सीप पछ्याउँदै मह सिकार

गण्डकी । पराङ, सुथरी, दाबिलो, साज, जाबो, डालीलगायत सामग्री जोरजाम

सरकारले क्रमसः अतिरिक्त हुलाक खारेज गर्दै

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अतिरिक्त हुलाक

सरकारी खर्चको प्रभावकारिता बढाउन सार्वजनिक लगानी व्यवस्थापन कार्ययोजना

काठमाडौं । सरकारी खर्चको प्रभावकारिता बढाउन पाँच वर्षे कार्ययोजना कार्यान्वयनमा