१ आश्विन २०८३, बिहिबार | September 17, 2026

प्रचण्ड-नेपाल पक्षद्वारा प्रदेश २ को संसदीय दलबाट मण्डल हटाइए, नयाँ नेतामा महतो चयन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले प्रदेश २ को संसदीय दलको नेता परिवर्तन गरेको छ ।

प्रचण्ड-नेपाल पक्षले संसदीय दलका नेताबाट सत्यनारायण मण्डललाई हटाएर सो ठाउँमा शत्रुधन महतोलाई चयन गरेको छ । मण्डल ओली पक्षीय सांसद हुन् । मण्डल ओली पक्षको प्रदेश २ का इन्चार्ज समेत हुन्।

यसअघि प्रचण्ड-नेपाल पक्षले मण्डल विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेको थियो ।

मंगलबार बसेको प्रदेश संसदीय दलको बैठकले अविश्वासको प्रस्ताव पारित गर्दै मण्डललाई संसदीय दलको नेताबाट हटाएको हो ।

नयाँ नेता चयनका लागि निर्वाचन कार्यक्रम सार्वजनिक गरिएकोमा सांसद महतोको एकल उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका थिए ।

प्रदेश २ मा नेकपाका ३२ जना सांसद रहेका थिए । जसमध्ये १८ जना सांसदले हस्ताक्षर गरी मण्डलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । महतोलाई दल नेता चयन गर्न भने १९ जना सांसदको हस्ताक्षर संकलन भएको थियो ।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ४ : ३८ बजे

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा

चिनियाँ रक्षामन्त्रीसँग प्रधान सेनापति सिग्देलको भेट

काठमाडौँ । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति

ग्यासको मूल्य प्रतिसिलिण्डर दुई हजार ६० मात्र लिन सङ्घको आग्रह

काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग सङ्घले पुरानै दरमा ग्यासको