२० बैशाख २०८३, आइतबार | May 4, 2026

रुपन्देहीमा मिडिया कप फुटसल प्रतियोगिता हुदै



बुटवल । रुपन्देहीमा मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ ।

ग्लोबल मिडिया ग्रुप अन्तर्गत ग्लोबल सञ्चार गृहद्वारा सञ्चालित ग्लोबल आवाजडट कमको आयोजनामा माघ ३ गते ‘प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता-२०७७’ हुने भएको हो ।

प्रतियोगितालाई टेन स्टिल प्रा.लि.ले मुख्य प्रायोजन गरेको मंगलबार पत्रकार सम्मेलन गरि ग्रुपका प्रबन्ध निर्देशक गौतम भूसालले सबै तयारी पुरा भएको बताए । प्रतियोगिताको उपाधि विजेताले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि विधागत रुपमा समेत उत्कृष्ट खेलाडीलाई नगद सहित पुरस्कृत गरिने उनले बताए । प्रतियोगिता कार्यक्रम संयोजक डि.बी. सुस्लिङले प्रतियोगितामा जिल्लाका २० विभिन्न मिडिया हाउसका पत्रकारहरुको टिमले भाग लिने बताए ।

प्रतियोगितालाई बैकिङ पार्टनर साईन रेसुङ्गा बैक तथा न्युज पेपर पार्टनर बुटवलटुडे दैनिक रहेको छ । करीब ४ लाख खर्च हुने उनले बताए । हाईलाईफ फुड प्रालिका संचालक पंकज ज्ञवाली, रोटरी क्लब अफ रुपन्देहीका निवतर्मान अध्यक्ष सुरज खत्रीले सधै अरुको विषय उठाउने पत्रकारहरु पनि मनोरन्जन र खेलकुदमा आवद्ध हुनुपर्ने सुझाव दिए ।

ग्लोबल आवाजका सम्पादक एनबि कंडेलले संचार क्षेत्र सामाजिक उत्तरदायित्व अन्तरगत रचनात्मक कार्यक्रम भएको बताए । निरन्तरता दिने गरि अघि बढाएको उनले बताए।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ५ : ४५ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता