१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

रुपन्देहीमा मिडिया कप फुटसल प्रतियोगिता हुदै



बुटवल । रुपन्देहीमा मिडिया कप फुटसल प्रतियोगिता हुने भएको छ ।

ग्लोबल मिडिया ग्रुप अन्तर्गत ग्लोबल सञ्चार गृहद्वारा सञ्चालित ग्लोबल आवाजडट कमको आयोजनामा माघ ३ गते ‘प्रथम टेन स्टिल मिडिया कप फुटसल प्रतियोगिता-२०७७’ हुने भएको हो ।

प्रतियोगितालाई टेन स्टिल प्रा.लि.ले मुख्य प्रायोजन गरेको मंगलबार पत्रकार सम्मेलन गरि ग्रुपका प्रबन्ध निर्देशक गौतम भूसालले सबै तयारी पुरा भएको बताए । प्रतियोगिताको उपाधि विजेताले नगद १५ हजार, कप, मेडल, प्रमाणपत्र तथा उपविजेताले नगद १० हजार, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए ।

यसैगरि विधागत रुपमा समेत उत्कृष्ट खेलाडीलाई नगद सहित पुरस्कृत गरिने उनले बताए । प्रतियोगिता कार्यक्रम संयोजक डि.बी. सुस्लिङले प्रतियोगितामा जिल्लाका २० विभिन्न मिडिया हाउसका पत्रकारहरुको टिमले भाग लिने बताए ।

प्रतियोगितालाई बैकिङ पार्टनर साईन रेसुङ्गा बैक तथा न्युज पेपर पार्टनर बुटवलटुडे दैनिक रहेको छ । करीब ४ लाख खर्च हुने उनले बताए । हाईलाईफ फुड प्रालिका संचालक पंकज ज्ञवाली, रोटरी क्लब अफ रुपन्देहीका निवतर्मान अध्यक्ष सुरज खत्रीले सधै अरुको विषय उठाउने पत्रकारहरु पनि मनोरन्जन र खेलकुदमा आवद्ध हुनुपर्ने सुझाव दिए ।

ग्लोबल आवाजका सम्पादक एनबि कंडेलले संचार क्षेत्र सामाजिक उत्तरदायित्व अन्तरगत रचनात्मक कार्यक्रम भएको बताए । निरन्तरता दिने गरि अघि बढाएको उनले बताए।

प्रकाशित मिति : २१ पुस २०७७, मंगलबार  ५ : ४५ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले