१ भदौ २०८३, सोमबार | August 17, 2026

प्रधानमन्त्री ओली सजायँको भागिदार छन् : घनश्याम भुसाल



बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षका नेता घनश्याम भुसालले प्रधानमन्त्री ओलीले जनता, पार्टी, लोकतन्त्रसँग गरेको सम्झौता विपरित संसद विघटन गरेकाले सजायँका भागिदार रहेको बताएका छन् ।

प्रेस संगठनले आज रुपन्देहीको तिलोत्तमामा गरेको अन्तरक्रियामा बोल्दै नेता भुसालले संसद पुनर्स्थापना गरेर मात्र ओलीलाई सजायँ दिन सकिने बताए ।

नेता भुसालले प्रधानमन्त्री ओलीलाई दण्डीत नगर्ने हो भने जनता र लोकतन्त्रसँग गरेको अनुबन्ध खारेज हुने बताउँदै जाति, भाषा, धर्म, वर्ग, लिङ्ग तथा सम्प्रदायसँगको बृहत अनुबन्ध खारेज हुने जिकिर गरे ।

भुषालले संसद विघटन न्यायका विरुद्ध, समानताका विरुद्ध र समाजका विरुद्ध रहेको भन्दै उनले यसको उजागर गर्न सकिएन भने पत्रकारीताको कर्तब्य पुरा नहुने स्पष्ट पारे । उनले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक छ भन्ने कुरा पत्रकारिता जगतले जनतामा लैजान आवश्यक रहेको बताए ।

पत्रकारले जति छिटो जनतालाई असंवैधानिक कदमको बिषयमा सुसुचित गर्न सक्यो त्यति छिटो संबिधान ट्रयाकमा आउने भुसालको भनाई छ।

नेता भुसालले ओली पक्षकै नेताहरुले प्रतिनिधिसभा विघटन ठीक हो भन्न नसकेको बताउँदै अर्के प्रसंग जोडेर संसद विघटनको पक्षमा बोल्ने गरेको बताए । ‘नाकाबन्दीमा ओलीले विरोध गरे त्यसैले संसद विघटन ठिक, गुमेको भुभाग समेटेर नक्सा बनाइयो, त्यसैले संसद विघटन ठिक भनियो, तर संसद विघटनकै विषयमा ओली पक्षसँग ठिक भन्ने आधार छैन’ भुसालले भने ।

प्रधानमन्त्री ओलीका कदम लोकतन्त्रको विरोधमा, समाजबादको विरोधमा र बामपन्थको विरोधमा रहेको दाबी गर्दै नेता भुसालले संसद विघटनको कदमलाई कुनै पनि कोणबाट सही हो भन्न नसकिने बताए ।

 

 

 

 

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ११ : ०९ बजे

आजदेखि बिक्रेताबाटै ग्यास बिक्रीवितरण

काठमाडौं । नेपाल आयल निगमले आजदेखि ग्यास उद्योगले नियुक्त गरेका

भारतीय स्थल सेनाध्यक्ष सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

धादिङमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ । धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग

बडीमालिका पूजा आजदेखि प्रारम्भ

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि