२२ बैशाख २०८१, शनिबार | May 4, 2024

प्रधानमन्त्री ओली सजायँको भागिदार छन् : घनश्याम भुसाल



बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड-नेपाल पक्षका नेता घनश्याम भुसालले प्रधानमन्त्री ओलीले जनता, पार्टी, लोकतन्त्रसँग गरेको सम्झौता विपरित संसद विघटन गरेकाले सजायँका भागिदार रहेको बताएका छन् ।

प्रेस संगठनले आज रुपन्देहीको तिलोत्तमामा गरेको अन्तरक्रियामा बोल्दै नेता भुसालले संसद पुनर्स्थापना गरेर मात्र ओलीलाई सजायँ दिन सकिने बताए ।

नेता भुसालले प्रधानमन्त्री ओलीलाई दण्डीत नगर्ने हो भने जनता र लोकतन्त्रसँग गरेको अनुबन्ध खारेज हुने बताउँदै जाति, भाषा, धर्म, वर्ग, लिङ्ग तथा सम्प्रदायसँगको बृहत अनुबन्ध खारेज हुने जिकिर गरे ।

भुषालले संसद विघटन न्यायका विरुद्ध, समानताका विरुद्ध र समाजका विरुद्ध रहेको भन्दै उनले यसको उजागर गर्न सकिएन भने पत्रकारीताको कर्तब्य पुरा नहुने स्पष्ट पारे । उनले प्रतिनिधिसभा विघटनको कदम असंवैधानिक छ भन्ने कुरा पत्रकारिता जगतले जनतामा लैजान आवश्यक रहेको बताए ।

पत्रकारले जति छिटो जनतालाई असंवैधानिक कदमको बिषयमा सुसुचित गर्न सक्यो त्यति छिटो संबिधान ट्रयाकमा आउने भुसालको भनाई छ।

नेता भुसालले ओली पक्षकै नेताहरुले प्रतिनिधिसभा विघटन ठीक हो भन्न नसकेको बताउँदै अर्के प्रसंग जोडेर संसद विघटनको पक्षमा बोल्ने गरेको बताए । ‘नाकाबन्दीमा ओलीले विरोध गरे त्यसैले संसद विघटन ठिक, गुमेको भुभाग समेटेर नक्सा बनाइयो, त्यसैले संसद विघटन ठिक भनियो, तर संसद विघटनकै विषयमा ओली पक्षसँग ठिक भन्ने आधार छैन’ भुसालले भने ।

प्रधानमन्त्री ओलीका कदम लोकतन्त्रको विरोधमा, समाजबादको विरोधमा र बामपन्थको विरोधमा रहेको दाबी गर्दै नेता भुसालले संसद विघटनको कदमलाई कुनै पनि कोणबाट सही हो भन्न नसकिने बताए ।

 

 

 

 

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ११ : ०९ बजे

लुम्बिनीमा अन्तराष्ट्रिय बौद्ध गोष्ठी सुरु

लुम्बिनी । लुम्बिनी बौद्ध विश्वविद्यालय बौद्ध अध्ययन संकायको आयोजनामा अन्तराष्ट्रिय

कर्णाली प्रदेशकै पहिलो चार तारे होटल बन्यो सुर्खेतको सिद्धार्थ होटल

सुर्खेत । सिद्धार्थ हस्पिटालिटीको व्यवस्थापनमा सुर्खेतको विरेन्द्रनगरमा सञ्चालन भइरहेको ‘सिद्धार्थ

गुरुकुल एकेडेमीमा शिक्षक प्रशिक्षण सम्पन्न

कपिलवस्तु । कपिलवस्तु-६, बर्मेलीमा अवस्थित गुरुकुल एकेडेमीमा विद्यालयका शिक्षक शिक्षिकाहरुलाई

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैन, यहाँका जनताको आर्थिक एवं सामाजिक विकासमा लाग्नेछु : प्रधानमन्त्री प्रचण्ड

सर्लाही । प्रधानमन्त्री अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको

सुदूरपश्चिमको प्रदेश सभा बैठक आजपनि स्थगित

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिनका लागि