१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

प्रतिनिधि सभा विघटनको मुद्दा माथिको अर्को सुनुवाइ पुष २९ गते हुने



काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध परेका रिटहरुमाथिको अर्को सुनुवाई अर्को बुधबार हुनेभएको छ ।

प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दाहरूमाथिको अर्को सुनुवाइ आउँदो बुधबार हुने भएको छ।

प्रधान्यायाधीस चोलेन्द्र शमशेर जबराको नेतृत्वमा रहेको इजलासले अर्को सुनुवाई पुस २९ गते बुधबार गर्ने निर्णय गरेको हो।

आजबाट सुरु भएको सुनुवाईका क्रममा रिट निवेकदकका तर्फबाट बहसमा भाग लिँदै वकिलहरुले महत्वपूर्ण मुद्दालाई पूर्ण इजलासमा पठाउनुपर्ने माग गरेका थिए ।

उनीहरुले संवैधानिक इजलासबाट राष्ट्रिय महत्वको यो विषयमा राम्रोसँग निरुपण हुन नसक्ने जिकिर गर्दै यसअघिको सर्वोच्च अदालतकै नजिरलाई समेत ध्यानमा राख्दै वृहत पूर्ण इजलासमा पठाउनुपर्ने बताएका थिए ।

तर, आगामी बुधरबार पुनः संवैधानिक इजलासमै मुद्दाको सुनुवाइ हुनेछ । सोही दिनको इजलासले मुद्दालाई पूर्ण इजलासमा पठाउने या आफैले अघि बढाउने भन्ने बारेमा निर्णय गर्नेछ ।

संवैधानिक इजलासबाट न्यायाधीस हरिकृष्ण कार्की भने बाहिरिइसकेका छन् । अबको इजलासमा कार्कीको स्थानमा प्रधानन्यायाधीस राणाले अर्को एक न्यायाधीस चयन गर्नेछन् ।

आजको इजलासमा वरिष्ठ अधिवक्ता शम्भु थापा, रमन श्रेष्ठ लगायतले न्यायाधीस कार्कीको इमानमाथि शंका नगरेपनि प्रधानमन्त्री केपी शर्मा ओली विरुद्धको मुद्दा कार्कीले हेर्न नमिल्ने जिकिर गरेका थिए ।

वकिलहरुले इजलासमा बस्ने नबस्ने निर्णय न्यायाधीस कार्की स्वयंले गर्नुपर्ने बताएका थिए । त्यसपछि कार्की इजसालमा नबस्ने घोषणा गर्दै बाहिरिएका थिए ।

प्रकाशित मिति : २२ पुस २०७७, बुधबार  ३ : ३८ बजे

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता

एकल र साझा अधिकार सूचीमा रहेका कानुनहरू तीनै तहका सरकारले छिटो बनाउनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

हेटौँडा । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा

गुणस्तरीय स्वास्थ्य–शिक्षा उपलब्ध गराउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

मोरङ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य र शिक्षामा

एक किलो ७६८ ग्राम सुन र एक करोड बढी रकमसहित सात जना पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एक किलो