१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

अस्पताल र वडा कार्यालय भवन शिलान्यास



म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकममा एकैसाथ अस्पताल र वडा कार्यालय भवनको शिलान्यास भएको छ ।

पाँच शय्या क्षमताको अस्पताल भवनको निवर्तमान सांसद भुपेन्द्रबहादुर थापा र वडा कार्यालय भवनको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले बुधबार एक समारोहबीच शिलान्यास गरे ।

कुल रु सात करोड १३ लाख लागत अनुमान गरिएको अस्पताल भवनको बहुवर्षे ठेक्का प्रक्रियाको तयारी गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए । ‘अस्पताल भवन निर्माण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालु आर्थिक वर्षमा रु ७० लाख पठाएको छ,’ उनले भने, ‘डिपिआर तयार भइसकेको छ । ठेक्का प्रक्रियाको तयारीमा छौँ ।’

रु ६६ लाख लागत अनुमान गरिएको चार कोठे वडा कार्यालय भवन निर्माणका लागि डोप्पो कन्स्ट्रक्सनले रु ४७ लाखमा ठेक्का लिएको छ । विसं २०७८ वैशाखभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको वडा कार्यालय भवन निर्माणमा जिल्ला समन्वय समितिले रु ३० लाख उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल पौडेलले बताए । ‘वडाको भवन निर्माणमा अपुग रु १७ लाख गाउँपालिकाले व्यहोर्छ’, उनले भने, ‘ठेकेदारसँग सम्झौता गरेर कार्यादेश दिएका छौँ ।’

वडा कार्यालयको भवनमा जनप्रतिनिधिको कार्यकक्ष, बैठक, कर्मचारी र प्राविधिकको कार्यकक्ष बनाइने भएको छ । शिलान्यासको अवसरमा अस्पताल भवन निर्माण हुने जग्गाका दाता रेशमबहादुर थापा, वडा कार्यालय भवनका जग्गादाता टेकबहादुर केसी, खिमबहादुर खत्री र कृष्ण भण्डारीलाई सम्मान गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सबै स्थानीय तहमा अस्पताल बनाउने कार्यक्रमअनुसार धवलागिरि गाउँपालिकाले ताकम स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर अस्पताल सञ्चालन गर्ने तयारी गरेको हो । ताकममा अस्पताल सञ्चालन भएपछि पालिकाका नागरिकले गाउँमै उपचार सेवा पाउने भएका छन् ।

ताकमका वडाध्यक्ष कलानिधि शर्माले सामान्य बिरामी हुँदासमेत चिकित्सक नभएर दरवाङ, बेनी, पोखरा, काठमाडौं, चितवनका अस्पतालमा पुग्नुपर्ने समस्या हट्ने अपेक्षा गरिएको बताए । ताकममा गाउँपालिकाले स्थापना गरेको पाँच शय्याको कोरोना अस्पतालमा पहिलो पटक डाक्टर आएका छन् । अस्पताल भवन बनाउन गत चैतमा ताकम स्वास्थ्य चौकीको भवन रहेको जग्गासँगै जोडिएको चार आना जग्गा व्यवस्थापन गरिएको थियो ।

यसअघि ताकम स्वास्थ्य चौकीको नाममा छ रोपनी दुई आना जग्गा थियो । गाउँपालिकाले ल्याब स्थापना गरेको ताकमको स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन छ । पुरानो भवनलाई कायमै राखेर ब्लक छुट्ट्याएर नयाँ भवन बनाउने विकल्प अघि सारिएको छ । रासस

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ९ : १७ बजे

आगलागी नियन्त्रणमा लिन र तत्काल राहतको व्यवस्था गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशभर आगलागी नियन्त्रण

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल