२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

अस्पताल र वडा कार्यालय भवन शिलान्यास



म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ ताकममा एकैसाथ अस्पताल र वडा कार्यालय भवनको शिलान्यास भएको छ ।

पाँच शय्या क्षमताको अस्पताल भवनको निवर्तमान सांसद भुपेन्द्रबहादुर थापा र वडा कार्यालय भवनको जिल्ला समन्वय समितिका प्रमुख देवेन्द्र केसीले बुधबार एक समारोहबीच शिलान्यास गरे ।

कुल रु सात करोड १३ लाख लागत अनुमान गरिएको अस्पताल भवनको बहुवर्षे ठेक्का प्रक्रियाको तयारी गरिएको गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्यालले बताए । ‘अस्पताल भवन निर्माण गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चालु आर्थिक वर्षमा रु ७० लाख पठाएको छ,’ उनले भने, ‘डिपिआर तयार भइसकेको छ । ठेक्का प्रक्रियाको तयारीमा छौँ ।’

रु ६६ लाख लागत अनुमान गरिएको चार कोठे वडा कार्यालय भवन निर्माणका लागि डोप्पो कन्स्ट्रक्सनले रु ४७ लाखमा ठेक्का लिएको छ । विसं २०७८ वैशाखभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको वडा कार्यालय भवन निर्माणमा जिल्ला समन्वय समितिले रु ३० लाख उपलब्ध गराएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोपाल पौडेलले बताए । ‘वडाको भवन निर्माणमा अपुग रु १७ लाख गाउँपालिकाले व्यहोर्छ’, उनले भने, ‘ठेकेदारसँग सम्झौता गरेर कार्यादेश दिएका छौँ ।’

वडा कार्यालयको भवनमा जनप्रतिनिधिको कार्यकक्ष, बैठक, कर्मचारी र प्राविधिकको कार्यकक्ष बनाइने भएको छ । शिलान्यासको अवसरमा अस्पताल भवन निर्माण हुने जग्गाका दाता रेशमबहादुर थापा, वडा कार्यालय भवनका जग्गादाता टेकबहादुर केसी, खिमबहादुर खत्री र कृष्ण भण्डारीलाई सम्मान गरिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सबै स्थानीय तहमा अस्पताल बनाउने कार्यक्रमअनुसार धवलागिरि गाउँपालिकाले ताकम स्वास्थ्य चौकीलाई स्तरोन्नति गरेर अस्पताल सञ्चालन गर्ने तयारी गरेको हो । ताकममा अस्पताल सञ्चालन भएपछि पालिकाका नागरिकले गाउँमै उपचार सेवा पाउने भएका छन् ।

ताकमका वडाध्यक्ष कलानिधि शर्माले सामान्य बिरामी हुँदासमेत चिकित्सक नभएर दरवाङ, बेनी, पोखरा, काठमाडौं, चितवनका अस्पतालमा पुग्नुपर्ने समस्या हट्ने अपेक्षा गरिएको बताए । ताकममा गाउँपालिकाले स्थापना गरेको पाँच शय्याको कोरोना अस्पतालमा पहिलो पटक डाक्टर आएका छन् । अस्पताल भवन बनाउन गत चैतमा ताकम स्वास्थ्य चौकीको भवन रहेको जग्गासँगै जोडिएको चार आना जग्गा व्यवस्थापन गरिएको थियो ।

यसअघि ताकम स्वास्थ्य चौकीको नाममा छ रोपनी दुई आना जग्गा थियो । गाउँपालिकाले ल्याब स्थापना गरेको ताकमको स्वास्थ्य चौकीको सुविधा सम्पन्न भवन छ । पुरानो भवनलाई कायमै राखेर ब्लक छुट्ट्याएर नयाँ भवन बनाउने विकल्प अघि सारिएको छ । रासस

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ९ : १७ बजे

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : टंकप्रसाद गैरे नेतृत्वको प्यानल चुनावी मैदानमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई

११ दिनमै मर्मतपछि राहुघाटबाट विद्युत उत्पादन पुनः सुरु

काठमाडौं। असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको

प्रधानमन्त्रीको चासोपछि वायुसेवा कम्पनी भाडादर घटाउन तयार

काठमाडौं । आन्तरिक वायुसेवा कम्पनीहरू स्वीकृत भाडादरभन्दा सस्तोमा टिकट बिक्री

खजुरा क्यान्सर अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष र सदस्यहरुबाट पदभार ग्रहण

खजुरा । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा