२२ आश्विन २०८३, बिहिबार | October 8, 2026

कोहलपुर ओपन क्रिकेट : आयोजक केसीए सहित न्यु दर्पण र बिबि वारियर्स सेमीफाइनलमा



नेपालगन्ज । शारदा एजुकेशन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारि ‘कोहलपुर ओपन क्रिकेट प्रतियोगिता’ अन्तर्गत चौथो दिन तिन वटा क्वार्टरफाइनल खेलहरु सम्पन्न भएका छन्।

बि एण्ड बि साइकल सेन्टर र एफ एण्ड एफ फेसन एण्ड फ्युजनको मुख्य प्रायोजन रहेको प्रतियोगिता अन्तर्गत आयोजक कोहलपुर क्रिकेट एकेडेमी ९ केसीए ० , न्यु दर्पण युथ क्लब र बिबि वारियर्स सेमीफाइनल प्रवेश गरेका छन्।

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो क्वार्टरफाइनलमा न्यु दर्पण युथ क्लब युथ क्लबले कारकाँदो क्रिकेट क्लबलाई १४ रनले पराजित गर्यो। न्यु दर्पणले दिएको ९२ रनको लक्ष्य पछ्याउने क्रममा कारकाँदोले निर्धारित १५ ओभरमा ८ विकेट गुमाएर ७७ रन मात्र बनाउन सक्यो।

कारकाँदोको लागि संगम कंडेलले सर्वाधिक ३४ रन तथा उत्कर्ष विश्वकर्माले ११ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। न्यु दर्पणका बलर रेशम सिंह ठकुरी र दिप रानाले समान २ विकेट तथा सिमोन थापा, करन भण्डारी र प्रेम सुनारले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग रोजेको न्यु दर्पणले निर्धारित १५ ओभरमा ७ विकेट गुमाएर ९१ रन बनाएको थियो। उसको लागि दिपक बिसीले ३७ तथा निर्मल बिसीले २५ रन बनाए। कारकाँदोको बलिंगमा हुसेन अलिले २ विकेट तथा संगम कंडेल, कुशल न्यौपाने, नबिन गौतम र खगेन्द्र खनालले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच न्यु दर्पणका दिपक बिसी चुनिए।

दोश्रो क्वार्टरफाइनलमा आयोजक टिम कोहलपुर क्रिकेट एकेडेमीले च्याम्पियन्स स्पोर्ट्स क्लबलाई ३ रनले पराजित गर्यो। कोहलपुरले दिएको ९८ रनको लक्ष्य पछ्याउने क्रममा च्याम्पियन्सले निर्धारित १५ ओभरमा ७ विकेट क्षेतिमा ९४ रन मात्र बनाउन सक्यो।

च्याम्पियन्सका ब्याट्सम्यान रोहन केसीले २८ बलमा ३ छक्का र २ चका मद्दतले सर्व्धिक ४४ रन बनाएता पनि टिमलाई जित दिलाउन पर्याप्त भएन। राहुल शर्माले १५ तथा सुनिल खड्काले १० रन बनाए। कोहलपुर क्रिकेट एकेडेमीको बलिंगमा रमेश सिंहले सर्वाधिक ३ विकेट तथा अजय शहानी र लभकुश यादवले समान २ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको कोहलपुरले १४।३ ओभरमा सम्पूर्ण विकेट गुमाएर ९७ रन बनाएको थियो। उसको लागि सुजल केसीले सर्वाधिक ३१, रोशन शाहले २१ तथा सुरज दासले १२ रन योगदान दिए। च्याम्पियन्सको बलिंगमा सोम शर्मा र सुनिल खड्काले समान ३ विकेट लिए भने गोभिन्द बिस्टले २ तथा गौतम कनोजिया र राहुल शर्माले समान १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच कोहलपुर क्रिकेट एकेडेमीका सुजल केसी चुनिए।

तेश्रो क्वार्टरफाइनलमा बिबी वारियर्स नेपालगन्जले युभीसीसी कोहलपुरलाई ६ विकेटले पराजित गर्यो। युभीसीसीले दिएको ७८ रनको लक्ष्य बिबी वारियर्सले ८।४ ओभरमा ४ विकेट गुमाएर ८१ रन बनायो।

बिबी वारियर्सको लागि प्रनित थापाले अविजित २९ रन, शाहिद अन्सारीले २० तथा सिद्धान्त राज शाहीले १२ रन बनाए।

यस अघि टस जितेर ब्याटिंग गरेको युभीसीसी कोहलपुरले निर्धारित १५ ओभरमा ५ विकेट क्षेतीमा ७७ रन बनएको थियो। उसको लागि कमल थापाले सर्वाधिक २३ रन तथा सुमन गुरुङ र आलोक चौधरीले समान १९ रन बनाए। बिबि वारियर्सको बलिंगमा निजामुद्दिन हलवाई र आकाश बिस्टले समान २ विकेट तथा सिद्धान्त राज शाहीले १ विकेट लिए।

खेलको प्लेयर अफ द म्याच सिद्धान्त राज शाही चुनिए।

प्रतियोगिता अन्तर्गत शुक्रबार विहान चौथो क्वार्टरफाइनलमा बिबिसीसी किर्तिपुर र यस एक्स्पर्टले प्रतिस्पर्धा गर्नेछन्। शुक्रबारनै पहिलो सेमीफाइनलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमी र न्यु दर्पण युथ क्लबले प्रतिस्पर्धा गर्नेछन्। यस्तै दोश्रो सेमीफाइनलमा बिबि वारियर्सले चौथो क्वार्टरफाइनलको विजेता टोलिसंग प्रतिस्पर्धा गर्नेछ।

प्रकाशित मिति : २३ पुस २०७७, बिहिबार  ६ : ३० बजे

सशस्त्र प्रहरीको चाडपर्व विशेष सुरक्षा लागू, २८ हजार जनशक्ति परिचालित

काठमाडौँ । सशस्त्र प्रहरी बलले ‘चाडपर्व लक्षित विशेष सुरक्षा योजना,

नेपाली सेनालाई बेलायतमा भएको ‘क्यामब्रेन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौँ । नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तरराष्ट्रिय सैनिक अभ्यास ‘एक्सरसाइज

बूढानिलकण्ठबाट २१ किलो बढी सुन बरामद

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठबाट २१ किलो बढी सुन बरामद भएको

बुटवल उद्योग वाणिज्य संघको निर्वाचन : टंकप्रसाद गैरे नेतृत्वको प्यानल चुनावी मैदानमा

बुटवल । बुटवल उद्योग वाणिज्य संघ, रूपन्देहीको २६औँ अधिवेशनका लागि

‘अनलाइन’बाट बिजुलीको बिल तिर्ने ग्राहकलाई अब विशेष सुविधा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बिजुलीको बिल ‘अनलाइन’बाट तिर्ने ग्राहकलाई