२२ भदौ २०८३, सोमबार | September 7, 2026

वातावरणमा केही सुधार, प्रदूषणको जोखिम कायमै



काठमाडौं । वायु प्रदूषणले बिग्रिएको काठमाडौं लगायतका साथै नेपालका विभिन्न सहरको वातावरण केही सुधार भए पनि अझै अस्वस्थकर नै छ ।
सोमबार र मङ्गलबारको तुलनामा बिहीबार केही सुधार भए पनि अझै मानव स्वास्थ्यका लागि उपयुक्त हुने गरी वायुको गुणस्तर सुधार भई नसकेको वातावरण विभागका उपमहानिर्देशक इन्दुविक्रम जोशीले जानकारी दिए ।

उनले अझै सतर्कता अपनाउन पनि सुझाव दिए । विभागको वायु प्रदूषण मापन यन्त्रले वायुको अवस्था ‘अति हानिकारक’बाट ‘अस्वस्थकर’ सूचाङ्क देखाइरहेको छ । पीएम २.५ को आधारमा विभागले गरिरहेको विश्लेषणअनुसार काठमाडौंको वायुको सूचाङ्क बुधबार २२८.९२५ माइक्रोग्राम प्रतिघनमिटर प्रदूषण कायम रहेको छ ।

पीएम २.५ माइक्रोन भन्नाले वायुमा रहेको सबैभन्दा सूक्ष्म कण हो । कपालको रौँभन्दा २५ गुना सानो कण जुन हावाको माध्यमबाट सजिलै मानिसको फोक्सोसम्म पुगेर बिरामी तुल्याउन सक्छ । यो माक्स लगाएर हिँड्दा पनि सजिलै मानिसको शरीरमा प्रवेश गर्न सक्छ ।

योभन्दा सात गुणा ठूलो पीएम १० माइक्रोग्राम प्रतिघनमिटरको कण भने आगो बाल्दा वा घर भत्काउँदा निस्कने कण जत्तिको हुन्छ । रौँ जत्रो कण भने ७० माइक्रोग्राम प्रतिघनमिटरको धुलोको कण हो ।

हाल वायुमा रहेको धुलोको कणमा भने सबैथरिको मिश्रण रहेको पाइएको छ । त्यसको विश्लेषण विभागले गरिरहेको जनाएको छ । बुधबार बिहानैदेखि बादल हटेर हावा चल्न थालेकाले प्रदूषणयुक्त वायु तल्लो तहबाट माथितिर उक्लन थालेको हो तर हावाको वेग राम्रो नरहेकाले उपत्यकाको डाँडाछेउमा छेको लागेर तुवाँलोको रूपमा प्रदूषणयुक्त वायु बसिरहेको छ ।

काठमाडौंसहित जनकपुर, विराटनगर, मकवानपुर, चितवन, पोखरासहितका सहरको वायु अस्वस्थकर प्रदूषणयुक्त रहेको छ । त्यसले अत्यावश्यक कामबाहेक अझै पनि घरबाहिर धेरै हिँडडुल नगर्न विभागले सुझाएको छ । लामो समय पानी नपर्दा स्थानीय वायुमण्डलमा तैरिएको धुलो, धुवाँसँगै पश्चिमी वायुले भारतहुँदै ल्याएको धुलोका कणका कारण विगत दुई दिन काठमाडौंलगायत नेपालका सहरको वातावरण ‘अति हानिकारक’ अवस्थामा पुगेको थियो । उक्त समाचार आजको गोरखापत्रमा छापिएको छ ।

प्रकाशित मिति : २४ पुस २०७७, शुक्रबार  ६ : ५७ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११