२३ श्रावण २०८३, शनिबार | August 8, 2026

पाख्रीबास नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्ताव स्वीकृत



काठमाडाैं । काठमाडौं महानगरपालिकाले धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

शुक्रबार यहाँ बसेको कामपाको ५५ औं कार्यपालिका बैठकले सो निर्णय गरेको हो। कामपाले यसअघि १६ वटा विदेशी सहरसँग र तीनवटा स्वदेशका विभिन्न नगरसँग भगिनी सम्बन्ध स्थापना गरिसकेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले आठौं नगरसभामा प्रस्तुत हुने प्रस्ताव स्वीकृत गरेको छ ।

यही पुस २७ गतेको सभामा चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम एवं तीन विधेयक स्वीकृतिका लागि पेश हुनेछन । यसरी प्रस्ताव हुने विधेयकमा कामपा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्ने सम्बन्धमा बनेको विधेयक २०७७’, ‘कामपा बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०७७’ र ‘कामपा संस्था दर्ता तथा नियमन विधेयक २०७७’ रहेका छन ।

बैठकले सहकारीसम्बन्धी नियमावली र पूर्वप्राथमिक विद्यालय व्यवस्थापन कार्यविधि २०७७ सम्बन्धी कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति पनि दिएको छ ।

यसैगरी बैठकले सहरी योजना आयोगका नवनियुक्त सदस्य राजनराज जोशीको नियुक्ति अनुमोदन गर्नुको साथै वडा २५ न्हूखास्थित गुठी संस्थानको जग्गा भाडामा लिएर पार्क बनाउने, वडा १७ इन्द्रायणी मन्दिर परिसरमा निर्माणाधीन सत्तलको म्याद थप गर्ने, वडा १५ भगवान पाउस्थित पुलेस्वाँ पुखु जीर्णोद्धार गर्नेलगायत निर्णय गरेको महानगरपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ७ : २१ बजे

ढोरपाटनमा ३७ हजार पर्यटक, ४७ लाख आम्दानी

बागलुङ । ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्या पछिल्लो समय वृद्धि हुँदै

जालसाजीको अभियोगमा वडाध्यक्ष पक्राउ

नवलपरासी । जालसाजीको अभियोगमा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका–७ का वडाध्यक्ष

कांग्रेस पदाधिकारी बैठक बस्दै, केन्द्रिय समितिको एजेन्डा तय गर्ने

काठमाडौं । नेपाली कांग्रेसका पदाधिकारी बैठक बस्दैछ । केन्द्रीय कार्यालय,

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

नयाँदिल्ली । युवा नेतृत्वको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा

एनपिएलको आगामी सिजन हरमितको कप्तानीमा खेल्दै जनकपुर बोल्ट्स

काठमाडौं । अमेरिकी अलराउन्डर हरमित सिंहले आगामी सिजनको नेपाल प्रिमियर