२७ मंसिर २०८२, शनिबार | December 13, 2025

पाख्रीबास नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्ताव स्वीकृत



काठमाडाैं । काठमाडौं महानगरपालिकाले धनकुटा जिल्लाको पाख्रीबास नगरपालिकासँग भगिनी सम्बन्ध स्थापना गर्ने प्रस्ताव स्वीकृत गरेको छ ।

शुक्रबार यहाँ बसेको कामपाको ५५ औं कार्यपालिका बैठकले सो निर्णय गरेको हो। कामपाले यसअघि १६ वटा विदेशी सहरसँग र तीनवटा स्वदेशका विभिन्न नगरसँग भगिनी सम्बन्ध स्थापना गरिसकेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको बैठकले आठौं नगरसभामा प्रस्तुत हुने प्रस्ताव स्वीकृत गरेको छ ।

यही पुस २७ गतेको सभामा चालु आर्थिक वर्षको संशोधन बजेट तथा कार्यक्रम एवं तीन विधेयक स्वीकृतिका लागि पेश हुनेछन । यसरी प्रस्ताव हुने विधेयकमा कामपा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्ने सम्बन्धमा बनेको विधेयक २०७७’, ‘कामपा बजार व्यवस्थापन तथा अनुगमन विधेयक २०७७’ र ‘कामपा संस्था दर्ता तथा नियमन विधेयक २०७७’ रहेका छन ।

बैठकले सहकारीसम्बन्धी नियमावली र पूर्वप्राथमिक विद्यालय व्यवस्थापन कार्यविधि २०७७ सम्बन्धी कानुन तर्जुमा गर्न सैद्धान्तिक सहमति पनि दिएको छ ।

यसैगरी बैठकले सहरी योजना आयोगका नवनियुक्त सदस्य राजनराज जोशीको नियुक्ति अनुमोदन गर्नुको साथै वडा २५ न्हूखास्थित गुठी संस्थानको जग्गा भाडामा लिएर पार्क बनाउने, वडा १७ इन्द्रायणी मन्दिर परिसरमा निर्माणाधीन सत्तलको म्याद थप गर्ने, वडा १५ भगवान पाउस्थित पुलेस्वाँ पुखु जीर्णोद्धार गर्नेलगायत निर्णय गरेको महानगरपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ७ : २१ बजे

१०८ महाधिवेशन प्रतिनिधिको सूचीमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको असहमति

काठमाडौं । एमाले अध्यक्ष केपी ओलीले एकलौटी माहाधिवेशन प्रतिनिधि मनोनित

रिमोट थिचेर झण्डा फहराउँदै अध्यक्ष ओलीले गरे एमालेको महाधिवेशन उद्घाटन

काठमाडौँ । भक्तपुरको सल्लाघारीमा नेकपा एमालेको ११ औँ महाधिवेशनको उद्घाटन

‘अन्तरराष्ट्रिय लगानीमा सञ्चालन हुने आयोजनामा स्थानीय सरकारलाई साक्षी होइन, निर्णायक भूमिकामा राख्नुपर्छ’

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले, अन्तरराष्ट्रिय साझेदारी र

पुस्तक चर्चा : चीन बुझाउने कृति ‘चिनियाँ दृष्टिकोण’

काठमाडौँ । विश्व प्रणालीमा केही वर्षदेखि चीन एक उदीयमान शक्ति

एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड

भक्तपुर । सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा आजबाट सुरु