२५ मंसिर २०८२, बिहिबार | December 11, 2025

झापामा दुई लाख भन्दा बढीले लिए राष्ट्रिय परिचयपत्र



झापा । पन्ध्र स्थानीय तहमध्ये जिल्लाका ६ वटा पालिकाले राष्ट्रिय परिचयपत्र वितरण गरिसकेका छन । कन्काई, दमक, भद्रपुर, अर्जुनधारा र शिवसतासी नगरपालिकाबाट दुई लाखभन्दा बढीले परिचयपत्र लिइसकेका हुन ।

६ पालिकाकाका दुई लाख २०९ जनाले परिचयपत्र लिइसकेको जिल्ला प्रशासन कार्यालय झापाले जनाएको छ । दुई वर्षअघि सुरु गरिएको परिचयपत्र वितरण कार्य कोडिभ-१९ का कारण डेढ महिना प्रभावित भएको थियो । सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले शुक्रबारदेखि गाउँपालिकामा पनि परिचयपत्र वितरण सुरु गरेको बताए ।

चार लाख ९० हजार बढीलाई परिचयपत्र वितरण गर्ने उद्देश्य राखेर सुरु गरेको झापामा आधाभन्दा बढीले लिइसकेको उनले बताए । उनका अनुसार अर्जुनधारा नगरपालिकामा ३० हजार ८७७, शिवसताक्षीमा ३५ हजार ७७६, भद्रपुरमा २१ हजार ५८७, दमकमा ३२ हजार ६९९, विर्तामोडमा ३४ हजार ४७१ कन्काइमा २६ हजार ३४८ ले परिचयपत्र लिइसकेका छन ।

“कोरोना महामारीका कारण असर पुग्यो, नत्र सबै पालिकामा यतिबेला परिचयपत्र वितरण गरिसकिन्थ्यो,” सहायक प्रजिअ पाण्डेले भने, “पालिकाका वडामा दैनिक ६ देखि आठ वटा टोलीले काम गरिरहेको छ चाँडै सकिन्छ ।” छुटेका व्यक्तिले चन्द्रगढीमा रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनको कार्यालयबाट लिन सकिने उनले जानकारी दिए । झापापछि टोली मोरङ जाने उनको भनाइ छ । रासस

प्रकाशित मिति : २५ पुस २०७७, शनिबार  ९ : १३ बजे

प्रधानमन्त्रीसमक्ष जेनजी आन्दोलनको क्षतिसम्बन्धी प्रतिवेदन पेस

काठमाडौँ । जेनजी आन्दोलनमा भएको क्षतिको मूल्याङ्कन तथा सार्वजनिक संरचनाको

चुनाव हुन्छ, सही र सक्षम नेतृत्व छनोट गरौं : मन्त्री घिसिङ

वीरगन्ज । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात

मैनाबगर अटोभिलेजमा बृहत सरसफाई

बुटवल । बुटवल अटो इञ्जिनियरिङ एशोसिएसन, रुपन्देही लुम्बिनीले अटो भिलेज

नेपाली कम्युनिष्ट पार्टीप्रति जनताको आकर्षण देखियो : माधव नेपाल

नेपालगन्ज । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले जेनजी पुस्ताको

खजुरामा भोलिबाट रनिङ शिल्ड : आठौं खजुरा मेयरकप रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा

खजुरा । बाँकेको खजुरामा आयोजना हुने आठौं अन्तर बिद्यालय मेयर