२० बैशाख २०८३, आइतबार | May 4, 2026

खेलकूद शिक्षक, प्रशिक्षक र खेलाडीलाई सम्मान



बुटवल । बुटवल उपमहानगरपालिका नगर खेलकूद विकास समितिले शनिबार खेलकूद शिक्षक प्रशिक्षक र प्रशिक्षण तथा खेलाडीलाई सम्मान गरेको छ ।

कार्यक्रममा आठौं राष्ट्रिय खेलकूद प्रतियोगितामा बुटवल उपमहानगरपालिकाबाट सहभागी सबै खेलाडी र प्रशिक्षकहरुलाई सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले विद्यालय तहदेखि नै विद्यार्थीमा खेलकुद र अतिरिक्त क्रियाकलापलाई प्रभावकारी बनाउँदा त्यसले बालबालिकामा बहुआयामिक तथा सकारात्मक प्रभाव पार्ने बताइन् ।

सक्षम खेलाडी उत्पादनको स्रोत नै विद्यालय तह रहेकाले सोहीअनुरुपका खेलकुदका माध्यमबाट अनुसाशन, नैतिक शिक्षा र सभ्य नागरिक उत्पादन गर्नेतर्फ केन्द्रित हुन उनले आग्रह गरिन् । सम्मान हुने ३६ जना खेलाडी थिए ।

त्यस्तै बुटवल नगर खेलकुद विकास समितिमार्फत नगरका १९ वटै वडाका सामुदायिक र संस्थागत गरी २९ विद्यालयका खेल शिक्षकहरुलाई एकहप्ते विशेष प्रशिक्षक प्रशिक्षण पनि सम्पन्न भएको छ ।

नगर खेलकुद विकास समितिका अध्यक्ष नन्दु काउचाले आसन्न दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई लक्षित गरेर विद्यालयका शिक्षकलाई खेलकुदका विभिन्न विधामा प्रशिक्षण दिइएको बताए ।

बुटवलका विभिन्न वडाका १५ वटा सामुदायिक र १४ वटा संस्थागत विद्यालयका खेल शिक्षकलाई विभिन्न विषयमा प्रशिक्षण दिनेगरी प्रशिक्षण सञ्चालन गरिएको खेलकुद विकास समितिका सदस्य तथा कार्यक्रम संयोजक प्रेम बस्नेतले बताए ।

खेलकुदको फिल्ड कस्तो बनाउने, कुन खेलकुदका लागि कसरी नियम बनाउने र सीप कसरी सिकाउने भन्ने विषयमा प्रशिक्षण दिन लागिएको उनको भनाइ छ ।

प्रकाशित मिति : २६ पुस २०७७, आइतबार  ८ : ३३ बजे

‘सरकार प्रेस स्वतन्त्रता कुण्ठित गर्ने दिशामा अघि बढ्यो’

नेपालगन्ज । नेपालगन्जका अगुवा पत्रकारहरुले सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताप्रति

लिपुलेक, लिम्पियाधुरा र कालापानीबारे बोल्यो सरकार

काठमाडौँ । सरकारले लिपुलेक क्षेत्र नेपालको अभिन्न भू–भाग भएको प्रष्टीकरण

आगलागीबाट बत्तीस लाख बराबारको क्षति

काठमाडौँ । देशका विभिन्न भागमा भएका आगलागीका घटनामा रु ३२

‘होल्डिङ सेन्टर’का बालबालिकालाई निःशुल्क शिक्षा उपलब्ध गराउन आग्रह

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले ‘होल्डिङ सेन्टर’का

राष्ट्रपतिले पुनर्विचारका लागि फिर्ता पठाए संवैधानिक परिषद् अध्यादेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश सरकारलाई फिर्ता