५ श्रावण २०८३, मंगलबार | July 22, 2026

आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नायिका मनिषा कोइराला नियुक्त



काठमाडौ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बासडरमा नेपाली सेलिब्रेटी नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले हालै राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका वीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यससँगै अब कोइराला आई.एम.ई. लाइफ जीबन बीमाको ब्राण्ड दुतको भुमिकामा रहनेछिन् ।अग्रणी एवं जीवन्त सेलिब्रेटी कोइरालाले आई.एम.ई. लाइफको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्नेछिन ।

हस्ताक्षर कार्यक्रममा मन्तब्य दिँदै नायिका कोइरालाले मानब जगतमा जीवन बीमाको निक्कै ठूलो महत्त्व रहेको औंल्याउँदै नेपाली जनताहरुलाई आर्थिक सुरक्षा प्रदान गरि देशैभरि छरिएर रहेको पुँजिलाई एकिकृत गरि राष्ट्र निर्माणमा टेवा पुर्याउने अवधारण बोकेको आई.एम.ई. लाइफसँग साझेदारी गर्न पाउँदा आँफु खुसि रहेको बताइन । साथै, कम्पनीको उत्तरोत्तर प्रगतिमा आँफुले उत्कृष्ट भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

कोइरालासँगको सहकार्य घोषणा गर्दै आई.एम.ई. लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले मनिषा कोइरालासँग सहकार्य गर्न धेरै उत्साहित रहेको बताए । आई.एम.ई. लाइफ परिवारमा उनलाई स्वागत गर्न पाउँदा हामी खुसी छौं, उनले भने ।

देश भरका जनताहरुमा जीवनबीमाको बारेमा जागरुकताका साथै कम्पनीको ब्राण्ड निर्माण गर्न र ग्राहकहरुको विश्वास लिन सहयोग पुर्याउने कुरा कम्पनीले जनाएको छ । कम्पनीले यो सम्झौता २०७७ पौष २४ गतेबाट लागु हुनेगरी हस्ताक्षर गरिएको प्रमुख कार्यकारी अधिकृत कविफुयाँलले जानकारी दिए ।

त्यसैगरि डिजिटल प्रविधिमार्फत सेवा उपलब्ध गर्ने क्रममा आजकै मितिबाट “IME साथ bot” नामबाट विश्वका कुनैपनि कुनाबाट कम्पनीका सेवा सम्बन्धमा जानकारी लिनसक्ने र अनुरोध समेत पठाउन सकिने गरि निर्माण गरिएको Chatbot प्रणालिको औपचारिक रुपमा संचालनमा ल्याएको फुयाँलले जानकारी दिए ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ५ : १९ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं