७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

आइएमई लाइफको ब्राण्ड एम्बासडरमा नायिका मनिषा कोइराला नियुक्त



काठमाडौ । आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको ब्राण्ड एम्बासडरमा नेपाली सेलिब्रेटी नायिका मनिषा कोइराला नियुक्त भएकी छिन् ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँल र नायिका मनिषा कोइरालाले हालै राजधानी काठमाडौंमा आयोजित एक विशेष कार्यक्रमका वीच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

यससँगै अब कोइराला आई.एम.ई. लाइफ जीबन बीमाको ब्राण्ड दुतको भुमिकामा रहनेछिन् ।अग्रणी एवं जीवन्त सेलिब्रेटी कोइरालाले आई.एम.ई. लाइफको ब्राण्ड तथा यसको मूल्य एवं मान्यतालाई सशक्त प्रतिनिधित्व गर्नेछिन ।

हस्ताक्षर कार्यक्रममा मन्तब्य दिँदै नायिका कोइरालाले मानब जगतमा जीवन बीमाको निक्कै ठूलो महत्त्व रहेको औंल्याउँदै नेपाली जनताहरुलाई आर्थिक सुरक्षा प्रदान गरि देशैभरि छरिएर रहेको पुँजिलाई एकिकृत गरि राष्ट्र निर्माणमा टेवा पुर्याउने अवधारण बोकेको आई.एम.ई. लाइफसँग साझेदारी गर्न पाउँदा आँफु खुसि रहेको बताइन । साथै, कम्पनीको उत्तरोत्तर प्रगतिमा आँफुले उत्कृष्ट भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरिन ।

कोइरालासँगको सहकार्य घोषणा गर्दै आई.एम.ई. लाइफका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले मनिषा कोइरालासँग सहकार्य गर्न धेरै उत्साहित रहेको बताए । आई.एम.ई. लाइफ परिवारमा उनलाई स्वागत गर्न पाउँदा हामी खुसी छौं, उनले भने ।

देश भरका जनताहरुमा जीवनबीमाको बारेमा जागरुकताका साथै कम्पनीको ब्राण्ड निर्माण गर्न र ग्राहकहरुको विश्वास लिन सहयोग पुर्याउने कुरा कम्पनीले जनाएको छ । कम्पनीले यो सम्झौता २०७७ पौष २४ गतेबाट लागु हुनेगरी हस्ताक्षर गरिएको प्रमुख कार्यकारी अधिकृत कविफुयाँलले जानकारी दिए ।

त्यसैगरि डिजिटल प्रविधिमार्फत सेवा उपलब्ध गर्ने क्रममा आजकै मितिबाट “IME साथ bot” नामबाट विश्वका कुनैपनि कुनाबाट कम्पनीका सेवा सम्बन्धमा जानकारी लिनसक्ने र अनुरोध समेत पठाउन सकिने गरि निर्माण गरिएको Chatbot प्रणालिको औपचारिक रुपमा संचालनमा ल्याएको फुयाँलले जानकारी दिए ।

प्रकाशित मिति : २७ पुस २०७७, सोमबार  ५ : १९ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा