१५ असार २०८३, सोमबार | June 29, 2026

पार्टीको विवाद मिलाउन नसक्ने हुतिहाराले संसद विघटनको असंवैधानिक खेल खेले : प्रचण्ड



पोखरा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गर्न नपाइने बताएका छन् ।

पोखरामा मंगलबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक तरिकाले प्रतिनिधिसभा भंग गरेको आरोप लगाए ।

पार्टीभित्रको विवादलाई थेग्न नसकेर हुतिहारा पारामा ओलीले सार्वभौम संसद विघटन गर्ने असंवैधानिक खेल खेलेको प्रचण्डले आरोप लगाए । ओलीले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम चालेर कलंकको टीका लगाइसकेको आरोप पनि प्रचण्डले लगाए ।

अध्यक्ष प्रचण्डले पार्टीको नाम र सूर्य चिन्ह आफुहरुकै हुने दाबी गरेका छन् । उनले ५० प्रतिशत केन्द्रीय सदस्य हुनेले नाम र चिन्ह पाउने भए पनि आफूहरूसँग ७० प्रतिशत केन्द्रीय सदस्य रहेको प्रचण्डको दाबी गरे । निर्वाचन आयोगमा सोमबार पुगेर सबैकुरा बुझेपछि पार्टीको नाम र चिन्ह प्राप्त गर्नेमा थप प्रष्ट भएको उनले जिकिर गर्दै कानून विपरितको कार्य गर्न खोजे आँधी बेहरी आउने चेतावनी दिए ।

प्रचण्डले केपी ओलीभन्दा माधवकुमार नेपाल हजार गुणा इमान्दार भएको बताए । आफुले नेपाललाई पञ्चायत विराधी आन्दोलनबाटै चिनेको स्मरण गर्दै उनले भने, ‘केपीभन्दा माधव नेपाल हजार गुणा इमान्दार, हजार गुणा पारदर्शी, हजार गुणा सुशासनको पक्षधर ।’

अध्यक्ष जनयुद्धले नेपालमा राजनीतिक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताए । प्रधानमन्त्री ओलीले जनयुद्धलाई कुहिएको फर्सी भनेको सुन्दासन्दै पनि पूर्व माओवादीका केही व्यक्तिहरु कसरी उनीसँगै बस्न सकेको भनि प्रश्न गरे । उनले भने, ‘मलाई लाज लागेको छ, ओलीले जनयुद्धलाई कुहेको फर्सी भन्नुभएछ’, अध्यक्ष प्रचण्डले भने, ‘जनयुद्धलाई कुहेको फर्सी हो भनेको कसरी सुनेर बस्न सकेको हो ?’

 

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ३ : ३७ बजे

पर्यटन प्रवद्र्धन र युवा-मैत्री नीति बनाउन होटल व्यवसायीको आग्रह

बुटवल । रुपन्देहीका होटल व्यवसायीहरूले पर्यटन क्षेत्रलाई चलायमान बनाउन र

विष्णु पौडेललाई पुनः म्याद थपका लागि विशेष अदालतमा उपस्थित गराइयो

काठमाडौं । पूर्वमन्त्री तथा नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेललाई सम्पत्ति

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयमा

म्याग्दी । म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी

असार १५ : जुजु धौको माग उच्च

भक्तपुर । आज असार १५, नेपाली संस्कृति र परम्पराअनुसार आजको

राष्ट्रिय धान दिवस : ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत रोपियो धान

पाटन । ‘ड्रोन’ मार्फत मल छरेर ‘मेसिन’ मार्फत धान रोप्दै