२० बैशाख २०८१, बिहिबार | May 2, 2024

पार्टीको विवाद मिलाउन नसक्ने हुतिहाराले संसद विघटनको असंवैधानिक खेल खेले : प्रचण्ड



पोखरा । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गर्न नपाइने बताएका छन् ।

पोखरामा मंगलबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक तरिकाले प्रतिनिधिसभा भंग गरेको आरोप लगाए ।

पार्टीभित्रको विवादलाई थेग्न नसकेर हुतिहारा पारामा ओलीले सार्वभौम संसद विघटन गर्ने असंवैधानिक खेल खेलेको प्रचण्डले आरोप लगाए । ओलीले प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम चालेर कलंकको टीका लगाइसकेको आरोप पनि प्रचण्डले लगाए ।

अध्यक्ष प्रचण्डले पार्टीको नाम र सूर्य चिन्ह आफुहरुकै हुने दाबी गरेका छन् । उनले ५० प्रतिशत केन्द्रीय सदस्य हुनेले नाम र चिन्ह पाउने भए पनि आफूहरूसँग ७० प्रतिशत केन्द्रीय सदस्य रहेको प्रचण्डको दाबी गरे । निर्वाचन आयोगमा सोमबार पुगेर सबैकुरा बुझेपछि पार्टीको नाम र चिन्ह प्राप्त गर्नेमा थप प्रष्ट भएको उनले जिकिर गर्दै कानून विपरितको कार्य गर्न खोजे आँधी बेहरी आउने चेतावनी दिए ।

प्रचण्डले केपी ओलीभन्दा माधवकुमार नेपाल हजार गुणा इमान्दार भएको बताए । आफुले नेपाललाई पञ्चायत विराधी आन्दोलनबाटै चिनेको स्मरण गर्दै उनले भने, ‘केपीभन्दा माधव नेपाल हजार गुणा इमान्दार, हजार गुणा पारदर्शी, हजार गुणा सुशासनको पक्षधर ।’

अध्यक्ष जनयुद्धले नेपालमा राजनीतिक परिवर्तन ल्याउन महत्वपूर्ण भूमिका खेलेको बताए । प्रधानमन्त्री ओलीले जनयुद्धलाई कुहिएको फर्सी भनेको सुन्दासन्दै पनि पूर्व माओवादीका केही व्यक्तिहरु कसरी उनीसँगै बस्न सकेको भनि प्रश्न गरे । उनले भने, ‘मलाई लाज लागेको छ, ओलीले जनयुद्धलाई कुहेको फर्सी भन्नुभएछ’, अध्यक्ष प्रचण्डले भने, ‘जनयुद्धलाई कुहेको फर्सी हो भनेको कसरी सुनेर बस्न सकेको हो ?’

 

प्रकाशित मिति : २८ पुस २०७७, मंगलबार  ३ : ३७ बजे

पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता : चार पालिका विजयी

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीले आयोजना गरेको पालिकास्तरीय दोस्रो

प्रचण्ड गर्मीमा ‘गुइँठा’ बनाउँदै महोत्तरीका गृहिणी

महोत्तरी । अहिले वैशाखको तेस्रो सातामै महोत्तरीमा तापक्रम दैनिकजसो ४२

रामेछापमा जुनारको जुस बिक्री बढ्यो

रामेछाप । गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ

गभर्नर जनरलसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं । क्यानडाका लागि नेपालका राजदूत भरतराज पौड्यालले त्यहाँका गभर्नर

अल नासर किङ कपको फाइनलमा, अल हिलालसँग भिड्ने

काठमाडौं । अल नासर साउदी किङ कपको फाइनलमा पुगेको छ