१७ श्रावण २०८३, आइतबार | August 2, 2026

लमजुङमा आठ वटा उद्यान निर्माण हुँदै



लमजुङ । निर्धारित समयमा काम सक्ने लक्ष्यका साथ अघि बढेको डिभिजन वन कार्यालयले जिल्लामा आठ उद्यान निर्माणको काम सुरुआत गरेको छ ।

प्रदेश सरकार उद्योग वन तथा वातावरण मन्त्रालयअन्तर्गत लमजुङमा आठ उद्यान निर्माणको काम थालेको हो । चालु आर्थिक वर्षको बजेटबाट डिभिजन वन कार्यालयले उद्यान निर्माण कार्यक्रम सुरु गरेको छ भने कतिपयले निर्माण सम्पन्न गरी भुक्तानीसमेत लिइसकेको डिभिजन वन कार्यालयका प्रमुख पूर्णेश्वर सुवेदीले बताए ।

उनका अनुसार मर्स्याङ्दी गाउँपालिकामा निर्माण भएको डा. हर्क गुरुङ उद्यान र दूधपोखरीस्थित इमलपोखरी हरित उद्यानको निर्माण सम्पन्न भएको छ । यी दुवै उद्यानको बजेट पाँच/पाँच लाख रुपैयाँ थियो । त्यस्तै १० लाख रुपैयाँ बजेट रहेको राइनास नगरपालिका-३ हरित बाल उद्यान, पाँच/पाँच लाख रुपैयाँ बजेट रहेका बेँसीसहर-११ को मदन-आश्रित स्मृति उद्यान र दोर्दी-४ को दाम्राङ हरित उद्यान निर्माणको प्रक्रिया अघि बढेको कार्यालयले जनाएको छ ।

त्यस्तै विद्यालयतर्फ तीन विद्यालयमा पनि बाल उद्यान निर्माणको काम अघि बढाइएको छ । जसमा १० लाख रुपैयाँ बजेट रहेको राइनास नगरपालिका-४ स्थित सौभाग्योदय माध्यमिक विद्यालयमा हरित बाल उद्यान, पाँच लाख रुपैयाँमा मर्स्याङ्दी गाउँपालिका-३ स्थित अमर माध्यमिक खुदी र ६ लाख ९० हजार रुपैयाँमा दूधपोखरी-२ स्थित बागेश्वरी माध्यमिकमा हरित उद्यान निर्माण अघि बढेको छ ।

बागेश्वरी माविमा हरित उद्यानबाहेक अन्य उद्यानको निर्माण कार्य अन्तिम चरणमा पुगेको कार्यालय प्रमुख सुवेदीको भनाइ छ । उनले भने, “वन कार्यालयका आठ उद्यानसहित चालु वर्षमा उद्यान कार्यक्रमअन्तर्गत १५ वटा कार्यक्रम रहेका छन ।

कूल ९५ लाख चार हजार रुपैयाँ बजेट रहेकामा अन्य कार्यक्रममा सामुदायिक वनमा वृक्षरोपण, वर पिपलको चौतारा संरक्षण, कृषि वन प्रवद्र्धन, अनुत्पादक तथा हैसियत बिग्रिएका वन क्षेत्रमा फलफूल प्रजातिका वृक्षरोपण, सहरी सडक किनारमा वृक्षरोपण तथा हरित प्रवर्द्धन, सामुदायिक वनमा हरित उद्यान र पुरानकोट पर्यटन विकासलगायत कार्यक्रम रहेकामा अधिकांश कार्यक्रम अघि बढिसकेको डिभिजन वन कार्यालयका प्रमुख सुवेदीले बताए । रासस

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ९ : ०० बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले