६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

संवैधानिक इजलासमा भित्रिईन् न्यायाधीस सपना मल्ल प्रधान, संसद विघटन बिरुद्धको रिटमा सुनुवाइ हुने



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ । रिटमाथिको सुनुवाइका लागि प्रधानन्यायाधीस चोलेन्द्र शम्सेर जवराले आफु सहित ५ सदस्सीय संवैधानिक इजलास तोकेका छन् ।

प्रधानन्यायाधिसले तोकेको संवैधानिक इजलासमा यस अघिको सुनुवाइमा इजलास छाडेका हरिकृष्ण कार्कीको स्थानमा न्यायाधीस सपना मल्ल प्रधानलाई तोकेका छन् ।

यस सम्बन्धी रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलासमा भन्ने विवाद छ । सम्भवत आजको सुनुवाइ संवैधानिक इजलासमा गर्ने की पूर्ण बृहत इजलासले हेर्ने भन्ने विषयमा नै केन्दीत हेनेछ ।

प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए । सो विवाद कहाँ सुनुवाइ गर्ने भन्ने पनि आजै टुंगो लाग्ने छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको सिफारिसको आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस ५ गते संसद विघटन गरेकी थिइन् ।

संसद विघटन असंवैधानिक भएको भन्दै परेका रिटहरुमाथि संवैधानिक इजलासमा सुनुवाइ हुँदै आएको छ । रिटमाथि सुनुवाइका लागि प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले आफूसहित न्यायाधीश हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी रहेको इजलास गठन गरेका थिए । अघिल्लो पटकको सुनुवाइमा न्यायाधीश कार्कीले आफू इजलासमा नबस्ने भनेपछि प्रधानन्यायाधीश जबराले आज कार्कीको सट्टा न्यायाधीश सपना मल्ल प्रधानलाई ताकेका हुन् ।

न्यायाधीस प्रधान न्यायक्षेत्रमा प्रवेश गर्नु अघि तत्कालीन नेकपा एमालेबाट राजनीति गर्थिन् । उनलाई संविधानसभामा तत्कालीन एमालेबाट समानुपातिक सभासद समेत बनेकी थिइन् ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  १० : ३६ बजे

हुरीसहित असिना पानीको सम्भावना अझै बाँकी, सतर्कता अपनाउन आग्रह

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आज अपराह्नपछि नै

केन्द्रीय बसपार्कभित्र छिर्न मान्दैनन् कतिपय ‘सार्वजनिक बस’

काठमाडौँ । सरकारले देशभरबाट यात्रु बोकेर काठमाडौँ आएका सार्वजनिक सवारीसाधनलाई

लुम्बिनी प्रादेशिक अस्पतालमा ‘एमआरआई’ सेवा सुरु

बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा आजदेखि ‘एमआरआई’सेवा सुरु भएको

प्रधानमन्त्री कार्कीद्वारा जानकी मन्दिरमा दर्शन तथा पूजाआराधना

जनकपुरधाम । प्रधानमन्त्री सुशीला कार्कीले जनकपुरधामस्थित प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा

स्वास्थ्य शिविरमा एक हजारभन्दा बढीको उपचार

बाजुरा । जिल्लाको हिमाली गाउँपालिकामा पाठेघर खस्ने र पाठेघरको मुखको