२० बैशाख २०८१, बिहिबार | May 2, 2024

बुटवल उद्योग बाणिज्य संघमा डिजिटल भुक्तानी सेवा शुरु



बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) सेवा सुरु भएको छ ।

संघका सदस्य उद्योगी व्यबसायीलाई सदस्यता नविकरण तथा नयाँ सदस्यता लगायतका सेवा शुल्क भुक्तानीको लागि डिजिटल भुक्तानी सेवा सुरु गरिएको हो ।

संघमा डिजिटल भुक्तानीको लागि ई-सेवासंग सम्झौता गरेर सेवा शुरु गरिएको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी गराए ।

संघको सदस्यता नविकरण, नयाँ सदस्यता सहित संघले सञ्चालन गरेको व्यबसायिक सेवा केन्द्र (ओ.एस.एस.) अन्तरगत प्रदान गरिने कम्पनी दर्ता, साना करदाताको कर भुक्तानी, ई-प्यान लगायतको सेवाको त्यसमार्फत सेवा शुल्क भुक्तान गर्न सकिने ई-सेवा बुटवल कार्यालयका प्रमुख गोबिन्द खनालले जानकारी गराए । कार्यकारी निर्देशक कार्कीका अनुसार यो निशुल्क सेवा हो, त्यसका लागि अतिरिक्त शुल्क तिर्नुपर्दैन ।

यस अंगाडीसम्म संघबाट लिने सेवाको कार्यालयमा पुगेर भुक्तानी गर्नुपर्ने व्यबस्था थियो । ई-सेवासंगको सम्झौतासंगै अव सेवा शुल्क भुक्तानीको लागि कार्यालयमा धाईरहनु पर्ने बाध्यताको अन्त्य भएको छ ।

त्यस्तै संघका सदस्य उद्योगी व्यबयासीलाई उसको व्यबसाय प्रतिष्ठानमा डिजिटल पेमेन्टकै लागि ई-सेवाले निशुल्क क्यु.आर. कोड समेत उपलब्ध गराउने भएको छ ।

त्यसैगरी बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरेको वेवसाईडलाई समेत डिजिटल भुक्तानीसंग जोड्ने योजना बनाएको छ ।

वेवसाईड मार्फत संघले जारी गर्ने सूचनाहरुसंगै वेवसाईडलाई विद्युतीय भुक्तानीमा जोड्ने योजना रहेको कार्यकारी निर्देशक कार्कीले जानकारी गराए ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ३ : ५५ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका