२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

बुटवल उद्योग बाणिज्य संघमा डिजिटल भुक्तानी सेवा शुरु



बुटवल । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीमा विद्युतीय भुक्तानी (डिजिटल पेमेन्ट) सेवा सुरु भएको छ ।

संघका सदस्य उद्योगी व्यबसायीलाई सदस्यता नविकरण तथा नयाँ सदस्यता लगायतका सेवा शुल्क भुक्तानीको लागि डिजिटल भुक्तानी सेवा सुरु गरिएको हो ।

संघमा डिजिटल भुक्तानीको लागि ई-सेवासंग सम्झौता गरेर सेवा शुरु गरिएको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी गराए ।

संघको सदस्यता नविकरण, नयाँ सदस्यता सहित संघले सञ्चालन गरेको व्यबसायिक सेवा केन्द्र (ओ.एस.एस.) अन्तरगत प्रदान गरिने कम्पनी दर्ता, साना करदाताको कर भुक्तानी, ई-प्यान लगायतको सेवाको त्यसमार्फत सेवा शुल्क भुक्तान गर्न सकिने ई-सेवा बुटवल कार्यालयका प्रमुख गोबिन्द खनालले जानकारी गराए । कार्यकारी निर्देशक कार्कीका अनुसार यो निशुल्क सेवा हो, त्यसका लागि अतिरिक्त शुल्क तिर्नुपर्दैन ।

यस अंगाडीसम्म संघबाट लिने सेवाको कार्यालयमा पुगेर भुक्तानी गर्नुपर्ने व्यबस्था थियो । ई-सेवासंगको सम्झौतासंगै अव सेवा शुल्क भुक्तानीको लागि कार्यालयमा धाईरहनु पर्ने बाध्यताको अन्त्य भएको छ ।

त्यस्तै संघका सदस्य उद्योगी व्यबयासीलाई उसको व्यबसाय प्रतिष्ठानमा डिजिटल पेमेन्टकै लागि ई-सेवाले निशुल्क क्यु.आर. कोड समेत उपलब्ध गराउने भएको छ ।

त्यसैगरी बुटवल उद्योग बाणिज्य संघले सञ्चालन गरेको वेवसाईडलाई समेत डिजिटल भुक्तानीसंग जोड्ने योजना बनाएको छ ।

वेवसाईड मार्फत संघले जारी गर्ने सूचनाहरुसंगै वेवसाईडलाई विद्युतीय भुक्तानीमा जोड्ने योजना रहेको कार्यकारी निर्देशक कार्कीले जानकारी गराए ।

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ३ : ५५ बजे

मनसुनको प्रभाव कायम, बाढीपहिरोको जोखिमबाट सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज पनि

करदाता प्रोत्साहन कार्यक्रमः शुक्रबार उपहार घोषणा गरिने

काठमाडौँ । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण

लक्षित वर्गका बिरामीलाई निःशुल्क उपचार गर्न ‘फोकल पर्सन’

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले लक्षित वर्गका नागरिकलाई

पच्चीस वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडौं । एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले