१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

राष्ट्रिय सहकारी बैंकको एकाधिकार तोडिदै, नयाँ सहकारी बैंक दर्ताको तयारी



काठमाडौं । प्रस्तावित नेपाल सहकारी बैंक दर्ता प्रकृया शुरु गर्न प्रारम्भिक भेला माघ १७ गते काठमाडौंमा हुने भएको छ ।

मुलुकभर करिब ३५ हजार सहकारी संस्थाको आर्थिक कारोबार राख्नेगरी बैक स्थापना गर्न प्रकृया अघि बढाइएको हो । देशभरी कै सहकारी संस्थाको प्रतिनिधित्व हुनेगरी बैंक स्थापनाको तयारी भईरहेको छ । प्रारम्भिक भेला सम्पन्न गरी दर्ता प्रक्रियाका लागि सहकारी विभाग जाने तयारी गरिएको छ ।
प्रारम्भीक भेला संगै विभागमा दर्ता प्रकृया गर्ने र राष्ट्रबैकबाट स्वीकृत लिने प्रकृया अघि बढाईने भएको छ । नेपाल सहकारी बैंकको नाममा दर्ताका लागि आवश्यक तयारी पूरा भएको बैंक गठन कार्यदलका संयोजक सुरेन्द्र भण्डारीले जानकारी दिए । उनका अनुसार भेला लगत्तै प्रकृया अघि बढ्ने र मुलुक कै सहकारी क्षेत्रको सबैभन्दा ठुलो बैक हुने जानकारी गराए ।

संस्था दर्ता हुन ५ सय १ सहकारी संस्था आवश्यक पर्छ । ती मध्य हालसम्म करिब एक हजार संस्था दर्ता प्रकृयामा सहभागि हुने तयारी भैरहेको छ । बैकमा सदस्य सहकारी हुन आवेदक सहकारीले लगातार तीन वर्षदेखि नाफामा रहेको हुनुपर्नेछ । बैंक स्थापना हुन आवश्यक भन्दा बढीनै फाइल संकलन भैसकेको भण्डारीले बताए ।
‘अहिले सञ्चालनमा रहेको सहकारी बैंकले सबै सहकारी संघसंस्थाको आवश्यक्ता पूरा गर्न सक्दैन’, उनले भने, ‘त्यसका लागि नयाँ बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाएका हौं –बैक गठन कार्यदलका संयोजक भण्डारीले बताए । प्रारम्भिक चरणमा बैंकको सेयर पूँजी ३ अर्ब रुपैयाँ हुने उनले बताए ।

सहकारी ऐन–२०४८ मा भएको ब्यवस्था अनुरुप स्थापना भएको बैंक संचालनमा छ । तथ्याङक अनुसार सहकारी बैंकमा करिब १२ हजार मात्र सदस्य छन् । बैंकले सहकारी संघसंस्थाहरूसँग मात्र कारोबार गर्न पाउने ब्यवस्था छ । नयाँ ऐनमा एकभन्दा बढी सहकारी बैंक गठन गर्न सकिने व्यवस्था उल्लेख भएपछि नया बैक स्थापना प्रकृया अघि बढाइएको हो । हाल सञ्चालनमा रहेको सहकारी बैकले नेपाल राष्ट बैकबाट बैकिंङ अनुमति पाएको छैन ।

राजधानीको कार्की बैङक्वेटमा आयोजना हुने भेलामा आवेदन दिन र छलफल गर्न देशभरका सहकारीका प्रतिनिधि आउने भएकाछन् । सहकारी ऐन २०७४ को परिच्छेद ८ को धारा ५३ मा सहकारी बैक स्थापना गर्न पाउने व्यवस्था छ । सो ऐनको धारा ५४ देखि ६० सम्म बैकको विषयमा ब्याख्या गरिएको छ ।

त्यसैगरी सहकारी नियमावली–२०७५ को नियम ५ मा सहकारी बैंकको गठनका लागि सबै प्रदेशको प्रतिनिधित्व हुनेगरी कम्तिमा ५ सय १ वटा संस्था वा संघ हुनुपर्ने व्यवस्था छ । आवेदन दिने संस्था वा संघहरुको संयुक्त सेयर पुँजी कम्तिमा तीनअर्ब रुपैयाँ हुनुपर्ने, संयुक्त संस्थागत पूँजी कम्तिमा ५० करोड रुपैयाँ हुनुपर्ने प्रावधान राखिएको छ ।

सहकारी बैंक गठन गर्दा राष्ट्रिय सहकारी महासंघको समेत सिफारिस आवश्यक पर्ने व्यवस्था गरेको छ । बैक दर्ता प्रकृया शुरु गर्न प्रारम्भीक भेलाका निर्णय, व्यावसायीक कार्ययोजना, शेयर पुजी तथा शुल्क वापत संकलित रकमको भरपाई, स्वघोषणापत्र, विभागले तोके बमोजिम एक दिवसीय पुर्व सहकारी शिक्षा प्राप्त गरेको प्रमाणपत्र उपलब्ध गराउनुपर्नेछ । हाल सञ्चालनमा रहेको सहकारी बैकले सबै सहकारीलाई समेट्न नसकेको जनाउदै ऐन अनुसार नया बैक दर्ता प्रकृया शुरु गर्न भेला आयोजना गर्न लगिएको संयोजक भण्डारीले बताए ।

 

 

प्रकाशित मिति : २९ पुस २०७७, बुधबार  ६ : १८ बजे

जुरेढुङ्गा ओझेलमा

रसुवा । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि

UN extends LDC graduation timeframe for Nepal and Bangladesh

Kathmandu, Oct 30: The United Nations General Assembly has unanimously

१५औं महाधिवेशनको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग जाँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ।

गोविन्द केसीसँगको सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा डा गोविन्द केसीसँग