२३ बैशाख २०८१, आइतबार | May 6, 2024

कोभिड-१९ पछि योगको थप सान्दर्भिकता बढ्यो : प्रधानमन्त्री ओली



काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिका अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्त्व र सान्दर्भिकता बढेको बताएका छन ।

राष्ट्रिय योग दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले योग, ध्यान र आहार विहारलाई जीवन पद्धतिका रुपमा दैनिक अपनाउन सकिएमा महामारीको सङ्‍क्रमण सामना गर्न सहज हुने जनाएका छन ।

प्रधानमन्त्री ओलीको सन्देशमा हिमवत्खण्ड प्राचीनकालदेखि ऋषिमुनिहरुको तपोभूमिका रुपमा रहेकाले नेपाल योगको उद्गमस्थल रहेको उल्लेख गर्दै योगाभ्यास र आयुर्वेद एक भरपर्दाे र प्राचीन उपचार पद्धति भएकाले स्वस्थ्य रहनका लागि यसलाई नियमित अभ्यासमा लान आग्रह गरे ।

उनले मुलुकको राष्ट्रिय आकाङ्‍क्षा ‘समृद्ध नेपाल, सुखी नेपाली’ लाई पूरा गर्ने क्रममा सरकारले लिएको निरोग नेपाल अभियानलाई सार्थक तुल्याउनका लागि पनि योगलाई प्रश्रय दिन आह्वान गरे ।

नेपालमा वि.सं. २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएका यस वर्ष कोरोना महामारीका कारण भर्चुअल र टेलिभिजनमा प्रत्यक्ष प्रसारणमार्फत मनाइँदै छ ।

दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको मन्त्रलयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ७ : ३५ बजे

क्रिकेटर लामिछानेको मुद्दा आज हेर्न नमिल्नेमा, जेठ १ गतेका लागि पेशी तोकियो

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने प्रतिवादी भएको मुद्दामा आगामी जेठ

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

बढ्यो बाँकेमा साइबर अपराध

नेपालगन्ज । सूचना प्रविधिको विकाससँगै बाँकेमा साइबर अपराधका घटना बढेको

यस्तो बन्यो नयाँ जसपाको सांगठनिक संरचना, अध्यक्ष अशोक राई, महासचिव मोहम्मद इस्तियाक राइ

काठमाडौं । जनता समाजवादी पार्टी नेपालबाट विभाजित अशोक राई नेतृत्व

Japanese Minister calls on President

Kathmandu: The visiting Minister for Foreign Affairs of Japan, Kamikawa