१७ श्रावण २०८३, आइतबार | August 3, 2026

देवघाट स्नानका लागि नि:शुल्क जलयात्रा



नवलपुर । पवित्र तीर्थस्थल देवघाटधामको वेणी सङ्‍गममा माघे सङ्‍क्रान्ति स्नान गर्न आउने तीर्थयात्रीका लागि नि:शुल्क जलयात्राको व्यवस्था गरिएको छ ।

नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिका हुँदै वेणी सङ्‍गममा स्नानका लागि आउने तीर्थयात्रीका लागि नि:शुल्क र्‍याफ्टिङ बोटको व्यवस्था गरिएको हो ।

वडा नं ३ ले वेणीमा स्नान गर्न जाने तीर्थयात्रीलाई नि:शुल्क कालीगण्डकी नदी तर्ने व्यवस्था गरेको वडाध्यक्ष शिवकान्त तिवारीले बताए । “माघे सङ्‍क्रान्तिमा गैँडाकोटको शिलान्यास चोक हुँदै वडा नम्बर ३ को केलादीघाटदेखि वेणीमा स्नानका लागि जाने तीर्थयात्रीका लागि यस वर्ष नि:शुल्करुपमा नदी तर्ने व्यवस्था गरेका छौँ,” तिवारीले भने, “चितवनतर्फबाट वेणीमा जाँदा बाटोमा भीडभाड तथा जाम हुने समस्या भएकाले नवलपरासी र पश्चिमबाट आउने तीर्थयात्रीलाई हामीले नवलपरासीबाटै वेणी जाने व्यवस्था गरेका हौँ ।”

वडा नं ३ बाट देवघाटको वेणी सङ्‍गममा जानका लागि कालीगण्डकी नदी तर्नुपर्ने भएकाले नि:शुल्क र्‍याफ्टिङ उपलब्ध गराइएको तिवारीको भनाइ छ । अघिल्ला वर्षहरुमा वेणीमा पुगेर माघे सङ्‍क्रान्ति स्नानमा समस्या भएर तीर्थयात्री फर्किनुपरेको गुनासो आएपछि यस पटक वडा कार्यालयले नदी तर्ने व्यवस्था गरेको उनले बताए ।

नवलपरासीको बाटो भएर सिधै वेणी सङ्‍गममा जानका लागि गैँडाकोटको शिलान्यास चोकबाट ब्रिटिस क्याम्प हुँदै केलादीघाटमा पुग्न सकिने वडाध्यक्ष तिवारीले जानकारी दिए । देवघाटधाम नवलपरासी, चितवन र तनहुँको सिमानामा पर्ने भए पनि चितवन र तनहुँको तुलनामा नवलपरासीतर्फको क्षेत्र ओझेलमा परेकाले यसको प्रचारप्रसारका लागिसमेत नयाँ योजना अगाडि बढाइएको तिवारीले बताए ।

अघिल्ला वर्षहरुमा देवघाट धाममा माघेसङ्‍क्रान्ति स्नानका लागि एक लाखभन्दा बढी तीर्थयात्री आउने गरेको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले बताए । देवघाटमा स्नानका लागि नवलपरासी, चितवन, तनहुँसहित देशका विभिन्न जिल्ला तथा भारतबाट समेत तीर्थयात्री आउने गरेका घिमिरेको भनाइ छ । रासस

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ७ : ४२ बजे

बढ्यो पेट्रोल, डिजल र मट्टीतेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको

अभिभावक लक्षित स्वास्थ्य शिविर र रक्तदान, मन्त्रीले गरे रक्तदान

खजुरा । बाँकेको खजुरा स्थित अरुणोदय माध्यामिक विद्यालयले अभिभावक र

सन्तानेश्वर महादेव मन्दिर : धार्मिक पर्यटनको गन्तव्य

नेपालगन्ज । बाँकेको सन्तानेश्वर महादेव मन्दिर धार्मिक पर्यटनको गन्तव्यका रुपमा

प्रहरीको नियन्त्रणमा रहेका कर्मा समूहले यसरी मच्चाउथ्यो लुटपाट

काठमाडौँ । गत असार १३ गते बिहान करिब ४ः०० बजे

क्यान्सर अस्पतालका भौतिक पूर्वाधार निर्माणमा प्रदेश सरकारको सहकार्य हुनेछ : मन्त्री खत्री

नेपालगन्ज । लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार मन्त्री रत्न खत्रीले