१० असार २०८३, बुधबार | June 24, 2026

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली प्रस्थान, उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने



काठमाडौं । नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

संयुक्त आयोगको बैठकमा सीमा मुद्दालाई नेपालले उठाउने तयारी गरेको छ । यसबाहेक दुई मुलुकसँग सम्बन्धित अन्य कतिपय बहुआयामिक विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौं । भ्रमण टोलीमा परराष्ट्र सचिव भारतराज पौड्याल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, परराष्ट्र मन्त्रालयको साउथ डिभिजनका प्रमुख यज्ञबहादुर हमाल लगायत छन्।

परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा द्विपक्षीय सम्बन्ध, कोरोना खोप, व्यापार, ऊर्जा, सीमा, पारवहन, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्ताहरु पनि गर्ने बताइएको छ । ज्ञवालीले भोलि शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने बताइएको छ ।

मन्त्री ज्ञवाली शनिबार स्वदेश फर्किनेछन् ।

 

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  १२ : ४५ बजे

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

काठमाडौं । चालु आर्थिक वर्षको प्रथम ११ महिनामा रु २५

कूटनीतिमा महिला दिवस : विश्वव्यापी शान्ति र समावेशी शासनका लागि समान सहभागितामा जोड

काठमाडौं । आज अन्तरराष्ट्रिय कूटनीतिमा महिला दिवस विश्वका विभिन्न देशमा

क्रोएसियाको पहिलो जित, पानामा विश्वकपबाट बाहिरियो

काठमाडौं । पूर्व उपविजेता क्रोएसियाले पानामालाई १-० गोल अन्तरले पराजित

इङ्ल्याण्ड र घानाबीचमा खेल बराबरीमा

काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत भएको खेलमा इङ्ल्याण्ड र घानाले

रोनाल्डो चम्किँदा पोर्चुगल विजयी, उज्वेकिस्तान ५-० ले पराजित

काठमाडौं । फिफा विश्वकप प्रतियोगिताअन्तर्गत आज भएको खेलमा पोर्चुगल विजयी