७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

परराष्ट्रमन्त्री ज्ञवाली नयाँदिल्ली प्रस्थान, उच्चस्तरीय राजनीतिक भेटवार्ता गर्ने



काठमाडौं । नेपाल भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा भाग लिन परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतको राजधानी नयाँ दिल्ली प्रस्थान गरेका छन् ।

संयुक्त आयोगको बैठकमा सीमा मुद्दालाई नेपालले उठाउने तयारी गरेको छ । यसबाहेक दुई मुलुकसँग सम्बन्धित अन्य कतिपय बहुआयामिक विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौं । भ्रमण टोलीमा परराष्ट्र सचिव भारतराज पौड्याल, स्वास्थ्य सचिव लक्ष्मण अर्याल, परराष्ट्र मन्त्रालयको साउथ डिभिजनका प्रमुख यज्ञबहादुर हमाल लगायत छन्।

परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा द्विपक्षीय सम्बन्ध, कोरोना खोप, व्यापार, ऊर्जा, सीमा, पारवहन, पूर्वाधार, कनेक्टिभिटी, लगानी, कृषि, पर्यटन लगायतका विषयमा छलफल हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

भारत भ्रमणका क्रममा परराष्ट्रमन्त्री ज्ञवालीले उच्चस्तरीय राजनीतिक भेटवार्ताहरु पनि गर्ने बताइएको छ । ज्ञवालीले भोलि शुक्रबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्ने बताइएको छ ।

मन्त्री ज्ञवाली शनिबार स्वदेश फर्किनेछन् ।

 

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  १२ : ४५ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल