४ चैत्र २०८२, बुधबार | March 18, 2026

व्यावसायीक तिलोत्तमा क्रिकेट एकेडेमी शुभारम्भ



बुटवल । तिलोत्तमा क्रिकेट एकेडेमी नेपाल प्रालिले सुविधासम्पन्न व्यावसायीक एकेडेमी शुभारम्भ गरेको छ ।

विहिबार एक कार्यक्रमका बिच रुपन्देही जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख संगमसिह थापाले ब्याटिङ र नेपालका अन्तराष्ट्रिय खेलाडी शक्ति गौचनले बलिङ गर्दै एकेडेमीको उद्घाटन गरेका छन ।

तिलोत्तमा क्रिकेट एकेडेमीका अध्यक्ष दिपक शर्मा भ्रुतेल र निर्माण क्षेत्रसंगै खेलमा आवद्ध रहेको कृष्ण भुषालको संयुक्त लगानीमा एकेडेमी संचालनमा ल्याएका हुन ।

संचालक कृष्ण भुषालले क्रिकेट खेलको नया खेलाडी उत्पादन र ब्यवसायिकता ल्याउन लगानी गरेको बताए । तिलोत्तमा नगरपालिका वडा नं ५ मा रहेको ७ कठ्ठा क्षेत्रफलमा पुर्वाधार निर्माण गरिएको छ ।

दुई वटा सिमेन्ट र एउटा टर्फ गरि ३ वटा पिच तयार गरिएको छ । लिजमा रहेको जग्गामा करीब ३० लाख रुपैया खर्च गरेर पुर्वाधार निर्माण भएको उनले बताए ।

बिहान साझ गरि शुरुवातमा पहिलो चरणमा ५० जनालाई तालिम दिईने प्रमुख प्रशिक्षक शंकर रानाले बताए ।

एकेडेमीमा प्रमुख प्रशिक्षक शंकर राना, सहायक प्रशिक्षक घनश्याम थारुले खेलाडीहरुलाई प्रशिक्षण दिने छन ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ३ : २२ बजे

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका

रुद्राक्ष खेतीबाट मनग्य आम्दानी

भोजपुर । भोजपुरका किसानका लागि रुद्राक्ष खेती बलियो आम्दानीको स्रोत

म्याग्दीको ग्रामीण भेगमा स्वास्थ्य एकाइ स्थापना

म्याग्दी । जिल्लाको मङ्गला गाउँपालिका-२ कुकुरबिसौनामा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

काठमाडौंमा आज घोडेजात्रा पर्व मनाइँदै, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं । प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा

ट्याक्टरको ठक्करबाट गुल्मीमा एक जनाको मृत्यु

गुल्मी । ट्याक्टरको ठक्करबाट मदाने गाउँपालिकाका एक जनाको मृत्यु भएको