१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

सेन्चुरी बैंकको दुई बर्षको साधारणसभा सम्पन्न, १४ प्रतिशत लाभांश पारित



काठमाडौ । सेञ्चुरी कमर्सियल बैंकको नवौ तथा दशौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

साधारणसभा बैंकको अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो । साधारण सभाले शेयरधनीहरुलाई आ.व. २०७५/७६ को मुनाफाबाट चुक्ता पुँजी रकम रु. ८,४१,५४,७१,५७६.३० मा ४.७५ प्रतिशत नगद लाभांश (कर सहित) र २ प्रतिशत बोनश शेयर तथा उक्त बोनश शेयर वितरण पश्चात् हुन आउने चुक्ता पुँजी रकम रु. ८,५८,३७,८१,०००/– मा आ.व. २०७६/७७ को मुनाफाबाट ५.२५ प्रतिशत बराबरको बोनस सेयर र २.२५ प्रतिशत नगद लाभांस (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहित आर्थिक वर्ष २०७५ /७६ र २०७६/७७ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाट लगायतका प्रतिवेदन पारित गरेको छ ।

साधारण सभाले संस्थापक शेयरधनीहरुबाट प्रतिनिधित्व गर्न तीन जना संचालक श्री रमेश कुमार निरौला, श्री मन बहादुर राई र रण बहादुर श्रेष्ठलाई निर्वाचित गरेको छ । चालु आवको असोज मसान्तसम्म यस बैंकले कुल निक्षेप रु. ८२.४२ अर्व र कर्जा रकम रु. ६६.९३ अर्व परिचालन गरी रु. २२.०२ करोड मुनाफा आर्जन गर्न सफल भएको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ४ : ३४ बजे

जुरेढुङ्गा ओझेलमा

रसुवा । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि

UN extends LDC graduation timeframe for Nepal and Bangladesh

Kathmandu, Oct 30: The United Nations General Assembly has unanimously

१५औं महाधिवेशनको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग जाँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ।

गोविन्द केसीसँगको सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा डा गोविन्द केसीसँग