१३ कार्तिक २०८३, शुक्रबार | October 30, 2026

परम्परागत खाना खुवाएर होटल पौवाले मनायो माघी पर्व



बुटवल । होटल पौवाले माघी पर्वको अवसर पारेर आफ्ना ग्राहकहरुलाई परम्परागत खाना खुवाएर माघी पर्व मनाएको छ । पौवाका ८ वटै शाखामा आज दिनभरी आएका ग्राहकहरुलाई माघीका दिन परापूर्वकाल देखि खाईँदै आएको परिकारहरु खुवाएर माघी पर्व मनाएको होटल पौवाले जनाएको छ ।

पौवाको जुम्ला, भैरहवा, लमही र गुल्मीको रेसुंगामा खिचडी, तरुल, सखरखण्ड, ढिक्रि, माछाको अचार जस्ता परिकारहरु ग्राहकलाई खुवाएको थियो भने भालुवांग, गोरुसिंगे, तानसेन, योगिकुटी शाखाले उल्लेखित परिकारका अतिरिक्त सेलरोटी, चुकाउनी, मिक्स अचार सहित ग्राहकसँग माघी पर्व मनाएको थियो ।

पौवाको भालुवांग शाखामा माघी मनाउन आएका ग्राहकहरुलाई माघीको अवसर पारेर थारु कलाकारबाट सखिया नाच समेत प्रस्तुत गरिएको थियो ।

पौवाको माघी मनाउने यो शैलीलाई नेपाल पत्रकार महासंघ रुपन्देही शाखाका उपाध्यक्ष दिनेश पाण्डेले प्रशंसनिय भनेका छन् । उनले नयाँ पुस्तालाई पर्व अनुसारको खानाको बिषयमा जानकारी दिने र परम्परागत संस्कृतिको पनि संरक्षण गर्न पौवाको माघी कार्यक्रम सफल भएको पाण्डेले बताए ।

नेपाली परम्परा र संस्कृतिको संरक्षण र सम्बर्धन गर्ने उद्देश्यले माघीको अवसर पारेर परम्परागत परिकार खुवाईएको होटल पौवाका प्रवन्ध निर्देशक विष्णु ज्ञवालीले बताए ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ७ : ०८ बजे

जुरेढुङ्गा ओझेलमा

रसुवा । आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि

UN extends LDC graduation timeframe for Nepal and Bangladesh

Kathmandu, Oct 30: The United Nations General Assembly has unanimously

१५औं महाधिवेशनको निर्णय अद्यावधिक गराउन निर्वाचन आयोग जाँदै कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसले हालै सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित पदाधिकारी

तोलामा ३२ सयले घट्यो सुनको मूल्य, चाँदीमा पनि भारी गिरावट

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य घटेको छ।

गोविन्द केसीसँगको सहमति कार्यान्वयनको प्रक्रियामा : शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले प्रा डा गोविन्द केसीसँग