२१ मंसिर २०८२, आइतबार | December 7, 2025

भिजन लुम्बिनीमा पुन: पोखरेलकै नेतृत्व



बुटवल । भिजन लुम्बिनी पब्लीक कम्पनी लिमिटेडको नयाँ संचालक समित गठन गरिएको छ ।

कम्पनीको बुटवलमा सम्पन्न साधारण सभाले संस्थापक अध्यक्ष जगतबहादुर पोखरेललाई नै पुनः अध्यक्षमा निर्वाचित गरेको छ । कम्पनीको सञ्चालकहरुमा ई.लेखनाथ पाण्डे, कुल बहादुर केसी, बाबुराम श्रेष्ठ, दिपक शर्मा, राधेश्याम यादव, केशवराज पन्थी, गोपाल बस्याल, गिरी प्रसाद गैरे, यम प्रसाद गैरे र रिजन बज्राचार्य चयन भएका छन ।

छरिएर रहेको पुँजीलाई एकिकृत गरी सामुहिक लगानी र उच्चतम प्रतिफललाई आत्मसाथ गर्दै झण्डै एक हजार जनाको सहभागीतामा यो कम्पनी २०७३ सालमा स्थापना भएको हो ।

यसले शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि, अर्थ, संचार, उर्जा गरि ९ वटा क्षेत्रमा परियोजना सञ्चालन गर्ने उद्धेश्य लिएको छ । यस अन्तर्गत २०७४ साल माघ १० गते भिजन लुम्बिनी टुर एण्ड ट्राभल्स, २०७५ आश्विन २६ गते भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेड र २०७६ भाद्र २ गते भिजन लुम्बिनी यातायात कम्पनी स्थापना गरी सञ्चालन भइरहेको छ ।

टुर एण्ड ट्राभल्सले बुटवल तथा काठमाण्डौबाट सेवा प्रवाह गरिरहेको छ भने यातायात कंपनीले मोफसलमै पहिलो पटक बुटवलबाट एसी जडित सुविधा सम्पन्न १० ओटा बस संचालन गरिरहेको छ ।

त्यसैगरी उर्जा कम्पनीले गण्डकी प्रदेश अन्तर्गत कास्कीको माछापुच्छ्रे गाउँपालिकामा २५ मेगावाटको सेतिखोला जलबिद्यूत परियोजना निर्माण गरिरहेको छ ।

कृषिको विविधिकरण र विस्तारित लगानी मार्फत् यसलाई लगानीको उपयुक्त माध्यमका रुपमा स्थापित गराउने उद्धेश्यका साथ कम्पनीले रुपन्देहीमा ६ बिगाहा ५ कट्ठा जग्गा किनेर कृषि सम्वन्धी परियोजनाको तयारी गरिरहेको छ ।

बृहत्तर सपना बोकेको महत्वकाँक्षी कम्पनीले स्वास्थ्य बिज्ञान प्रतिष्ठान गठन गरी रुपन्देहीमा २०० शैयाको ट्रमा सेन्टर संचालन गर्नका लागि बुटवल उपमहानगरपालिकासंग समन्वय गरिरहेको छ भने लघु बीमा कार्यक्रम, केवलकार, संचार प्रतिष्ठान, प्राबिधिक विश्वविद्याल यलगायत संचालन गर्ने तयारी गरिरहेको अध्यक्ष पोखरेलले जानकारी दिए । भिजनले बुटवलमा सामुहिक लगानीको अनुकरणीय अभ्यास गर्दै आइरहेको छ ।

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ८ : ३८ बजे

मानवसेवा आश्रमका २१ जिल्लामा ३० सेवा केन्द्र

पोखरा । नेपाललाई सडकआश्रित मानवरहित राष्ट्र बनाउने उद्देश्यसहित ‘मानवता प्रवद्र्धन

बर्दिया युवती आत्महत्या प्रकरणमा गृहमन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं। बर्दियामा नागरिकता नपाएकै कारण एक युवतीले ज्यान गुमाएको विषयमा

एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को यही मङ्सिर २७ गतेदेखि

सुर्खेत आँखा अस्पतालमा सेवा विस्तारः अब कर्णालीका आँखाका बिरामी काठमाडौं जानुपर्दैन

सुर्खेत । सुर्खेत आँखा अस्पतालले आँखा उपचार सेवाअन्तर्गत उपविशिष्टिकृत सेवा

गभर्नर पौडेलको कडा चेतावनी – ‘कोल्याटर बेचेर फाइदा लिनु भ्रष्टाचारको हिस्सा’

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले कोल्याटरल