६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

शान्तिपूर्ण राजनीतिमा आउने विप्लप नेकपाको प्रयासमा सरकारको अवरोध, नेता पक्राउपछि नेपाल बन्दको चेतावनी



काठमाडौं । खुल्ला राजनीतिमा आउने संकेत गरेको नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई सो पार्टीका नेता धर्मेन्द्र वास्तोलाको पक्राउले पुनः भुमिगत हुनुपर्ने अवस्था सिर्जना गरिदिएको छ ।

मोहन वैद्य नेतृत्वको नेकपा ९क्रान्तिकारी माओवादी०, ऋषिराम कट्टेलको नेकपा, र विश्वभक्त दुलाल ‘आहुति’ को वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीसँग मोर्चा बनाएर शान्तिपूर्ण आन्दोलनमा आउने संकेत गरेको विप्लप समूहलाई बास्तोलाको गिरफ्तारीले पछाडि धकेलिदिएको छ ।

केहिदिन पहिले मात्र उनीहरूले संयुक्त विज्ञप्ति जारी गदै संयुक्त मोर्चामार्फत आफ्ना कार्यक्रम सार्वजनिक गर्ने जानकारी दिएका थिए ।

बास्तोला पक्राउ परेसँगै ‘विप्लव’ को प्रतिवन्धित नेकपाले नेपाल बन्द लगायतका संघर्षको कार्यक्रम घोषणा गरेको छ।

पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य बास्तोलाको गिरफ्तारीविरुद्ध विप्लव समूह आन्दोलनमा उत्रेको हो। प्रहरीले नेता बास्तोलासहित विवेक कुमाल र रोजन रखाललाई बुधबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको थियो ।

विप्लवले बिहीबार प्रेशित गरेको विज्ञप्तिमा सभा, जुलुश, मसाल जुलुशलगायत नेपाल बन्दका कार्यक्रमसमेत घोषणा गरिएको छ। विज्ञप्तिमा ३ गते देशब्यापी जुलुस प्रदर्शन गर्ने, ५ गते विरोधसभा, ७ गते विरोध प्रदर्शन, ९ गते मसाल जुलुस र १० गते नेपाल बन्दको घोषणा गरिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘जनताको अधिकारको हनन, भ्रष्टाचार, दलाली, कमिसनखोरी, तस्करी, राष्ट्रघातका विरुद्ध सङ्घर्ष गरिरहेको पार्टीका नेता–कार्यकर्तालाई खोजी–खोजी गिरफ्तार गर्नु, हिरासतमा निर्मम यातना दिनु, जेल हाल्नु, लाखौँ धरौटी तोक्नु कुनै पनि राजनीतिक व्यवस्थाको सामान्य मान्यतालाई समेत धज्जी उडाउनु हो ।’

प्रकाशित मिति : १ माघ २०७७, बिहिबार  ९ : ४४ बजे

मन्त्रीहरूद्वारा नयाँ संसद् भवन परिसरमा वृक्षारोपण

काठमाडौँ । सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवन क्षेत्रमा आज

नबिल बैंकद्वारा जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा वाहन (अटो) सहयोग

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा

चट्याङ लागेर गुल्मीका छ जना घाइते

गुल्मी । वर्षासँगै परेको चट्याङ लागेर जिल्लाका विभिन्न स्थानका छ

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

घोडेपानी । यहाँको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानीको पाखा गुराँस

बर्दघाट-दुम्किबास सडक खण्डमा राति सवारी आवागमनमा प्रतिबन्ध

नवलपुर । नारायणघाट-बुटवल सडक योजना (पश्चिम खण्ड) अन्तर्गत बर्दघाट-दुम्किबास-दाउन्ने सडक