६ श्रावण २०८३, बुधबार | July 23, 2026

विश्वभर ७ लाख ५ हजारभन्दा बढी कोरोना संक्रमित थपिए



काठमाडौं । पछिल्लो २४ घण्टामा विश्वभर सात लाख पाँच हजार ७८० जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन । सोही अवधिमा १४ हजार ६६३ जनाको मृत्यु भएको छ ।

पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या नौ करोड ३४ लाख ६६ हजार ४०५ र मृत्यु हुनेको संख्या २० लाख ५५९ पुगेको छ ।

पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये अमेरिकामा सबैभन्दा बढी एक लाख ९८ हजार ७३२ जना रहेका छन । सोही अवधिमा त्यहाँ कोरोना भाइरसका कारण तीन हजार ५५२ जनाको मृत्यु भएको छ ।

भारतमा पछिल्लो २४ घण्टाभित्र १५ हजार ५१५ जना नयाँ संक्रमित थपिएका छन । त्यहाँ थप १८९ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार गत २४ घण्टाभित्र बेलायतमा ४८ हजार ६८२, इटलीमा १७ हजार २४६, ब्राजिलमा ६८ हजार ६५६, जर्मनीमा २२ हजार ९३१, रसियामा २४ हजार ७६३, दक्षिण अफ्रिकामा १८ हजार ५०३, फ्रान्समा २१ हजार २२८, कोलम्बियामा १७ हजार १२१ तथा इरानमा ६ हजार ४७१ जना नयाँ संक्रमित थपिएका छन ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ६ : ४१ बजे

राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै हो : सभापति थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजनीति र धर्मको

बुटवलबाट रिभल्वर र गोली सहित तुङसिङ मगर पक्राउ

बुटवल । बुटवलबाट रिभल्वर र गोली सहित एकजना पक्राउ परेका

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क