४ चैत्र २०८२, बुधबार | March 18, 2026

भूकम्पपश्‍चात‌को पुनर्निर्माण ढिला भयो तर पूरा गर्न लाग्यौं : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ को भूकम्पपश्‍चात्‌को पुनर्निर्माण गर्न ढिला भएको तर सक्ने अन्तिम चरणमा पुगेको बताएका छन ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवस, माघ २ को सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण सबल ढंगले गर्न सरकार सफल भएको बताएका छन ।

“पुनर्निर्माणका सन्दर्भमा यो महत्त्वपूर्ण र सन्तोष लाग्दो विषय हो । यसबाहेक देशैभर नयाँ बन्ने घरहरूको सुरक्षित निर्माणका लागि नगरपालिका तथा गाउँपालिका, विभिन्न सरकारी निकाय, सामाजिक, गैरसरकारी, द्विपक्षीय साझेदार संस्थामार्फत भवन निर्माण संहिताको कार्यान्वयनमा जोड दिइएको छ । हाम्रो अनुभव अन्य देशहरूलाई पनि अनुकरणीय भएको छ,” उनले सन्देशमा भनेका छन् ।

२०७२ कै भूकम्पको अनुभवलाई आधार बनाएर सरकारले बाढी, पहिरोले क्षतिग्रस्त बनेका घरहरू पुनर्निर्माण गर्न कार्यविधि पारित गरेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

क्षति भएका घरहरूलाई पुनर्निर्माण गर्न हिमाली जिल्लामा प्रति लाभग्राही पाँच लाख रुपैयाँ र पहाडीमा चार लाख रुपैयाँ र तराईका जिल्लामा तीन लाख रुपैयाँ दिने कार्यविधि तयार भएको उनको भनाइ छ । असुरक्षित, पहिरो, बाढीका जोखिममा रहेका बस्तीहरूलाई एकीकृत रूपमा सार्ने विधि अवम्बन गरिएको उनको भनाइ थियो ।

सरकारले हरेक वर्षको माघ २ गतेलाई भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । विक्रम सम्वत् १९९० साल माघ २ गतेको महाभूकम्पमा परी सयौँको ज्यान जानुका साथै अर्बौंको भौतिक क्षति भएको थियो । त्यसयता यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाउने गरिन्छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ७ : २२ बजे

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन

नौ करोड दुई लाखमा बन्यो फलेवास नगरपालिकाको भवन

पर्वत । सङ्घीय सरकारको ५० प्रतिशत अनुदान र ५० प्रतिशत

इरान युद्धबारे असहमति जनाउँदै ट्रम्प प्रशासनका अधिकारी जो केन्टले दिए राजीनामा

काठमाडौं । जो केन्ट ले इरान युद्धसम्बन्धी नीति र प्रक्रियाप्रति

योग अभ्याससँगै सुरु भयो रास्वपाको दोस्रो दिनको प्रशिक्षण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना नवनिर्वाचित सांसदहरूका

रास्वपाको अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नव निर्वाचित सांसदहरूका