३ पुस २०८२, बिहिबार | December 18, 2025

भूकम्पपश्‍चात‌को पुनर्निर्माण ढिला भयो तर पूरा गर्न लाग्यौं : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७२ को भूकम्पपश्‍चात्‌को पुनर्निर्माण गर्न ढिला भएको तर सक्ने अन्तिम चरणमा पुगेको बताएका छन ।

राष्ट्रिय भूकम्प सुरक्षा दिवस, माघ २ को सन्दर्भमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माण सबल ढंगले गर्न सरकार सफल भएको बताएका छन ।

“पुनर्निर्माणका सन्दर्भमा यो महत्त्वपूर्ण र सन्तोष लाग्दो विषय हो । यसबाहेक देशैभर नयाँ बन्ने घरहरूको सुरक्षित निर्माणका लागि नगरपालिका तथा गाउँपालिका, विभिन्न सरकारी निकाय, सामाजिक, गैरसरकारी, द्विपक्षीय साझेदार संस्थामार्फत भवन निर्माण संहिताको कार्यान्वयनमा जोड दिइएको छ । हाम्रो अनुभव अन्य देशहरूलाई पनि अनुकरणीय भएको छ,” उनले सन्देशमा भनेका छन् ।

२०७२ कै भूकम्पको अनुभवलाई आधार बनाएर सरकारले बाढी, पहिरोले क्षतिग्रस्त बनेका घरहरू पुनर्निर्माण गर्न कार्यविधि पारित गरेको प्रधानमन्त्री ओलीले बताएका छन् ।

क्षति भएका घरहरूलाई पुनर्निर्माण गर्न हिमाली जिल्लामा प्रति लाभग्राही पाँच लाख रुपैयाँ र पहाडीमा चार लाख रुपैयाँ र तराईका जिल्लामा तीन लाख रुपैयाँ दिने कार्यविधि तयार भएको उनको भनाइ छ । असुरक्षित, पहिरो, बाढीका जोखिममा रहेका बस्तीहरूलाई एकीकृत रूपमा सार्ने विधि अवम्बन गरिएको उनको भनाइ थियो ।

सरकारले हरेक वर्षको माघ २ गतेलाई भूकम्प सुरक्षा दिवस मनाउँदै आएको छ । विक्रम सम्वत् १९९० साल माघ २ गतेको महाभूकम्पमा परी सयौँको ज्यान जानुका साथै अर्बौंको भौतिक क्षति भएको थियो । त्यसयता यस दिनलाई भूकम्प सुरक्षा दिवसका रूपमा मनाउने गरिन्छ ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ७ : २२ बजे

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको