१० चैत्र २०८२, मंगलबार | March 24, 2026

एमिकस क्यूरी सदस्य भन्छन् : संवैधानिक इजलासमै न्यायाधीस थपौं; प्रधानन्यायाधीस भन्छन्, – हुँदैन



काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा अदालतलाई सहयोग गर्न गठित एमिकस क्यूरीका सदस्यले संवैधानिक इजलासमा न्यायाधीस थप गर्न सुझाव दिएका छन् ।

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा गर्ने कि बृहत पूर्ण इजलासमा गर्ने भन्ने विषयमा राय दिँदै क्यूरीका एक सदस्यले न्यायाधीस थपेर संवैधानिक इजलासबाटै मुद्दाको टुंगो लगाउन सुझाव दिएका हुन् ।

नेपाल बार एशोसिएसनको तर्फबाट पठाइएका वरिष्ठ अधिवक्ता बद्री कार्कीले संवैधानिक इजलासमा न्यायाधीशहरू थप्नुपर्ने बताए ।

त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालत संविधानको व्यवस्था बाहिर जान मिल्छ र ? भनि प्रश्न गरेका थिए । संविधानले नै संवैधानिक परिषदमा कति न्यायाधीस रहने भनेर तोकेका कारण त्यसलाई क्रस गर्न नसकिने प्रधानन्यायाधीस जबराको भनाइ थियो । एमिकस कार्कीले भने संवैधानिक इजलासमा न्यायाधीशको संख्या थप्दा संविधान बाहिर गएको नमानिने जिकिर गरेका थिए ।

संवैधानिक इजलास प्रधान्यान्यायाधीसको नेतृत्वमा पाँच सदस्यीय रहन्छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा अध्यक्षताको नेतृत्वमा रहेको संवैधानिक इजलासमा अहिले न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, तेजबहादुर केसी र सपना प्रधान मल्ल रहेका छन् । न्

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको मुद्दा संवैधानिक इजलास कि बृहत पूर्ण इजलासबाट निरुपण गर्ने भन्ने विवाद कायमै छ ।

रिट निवेदकहरुले बृहत पूर्ण इजलासमा लैजानुपर्ने माग गरिरहेका छन् भने सरकारको पक्षबाट बहस गर्ने वकिलहरुले संवैधानिक इजलासबाटै टुंगो लगाउनुपर्ने अडान राखेका छन् ।

 

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ४ : ०४ बजे

सुनको मूल्य आजपनि घट्यो, चाँदीमा भने सामान्य वृद्धि

काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ।

काम नगर्ने ठेकेदारलाई कारबाही अघि बढायो टेम्केमैयुङले

भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिकाले ठेक्का सम्झौताअनुसार निर्माण नगर्ने ठेकेदारलाई

महिलाको हत्या अभियोगमा किशोर पक्राउ

भैरहवा । शुद्धोधन गाउँपालिका-१ सिसइचोककी ६० वर्षीया रेनु पटवाको हत्या

रास्वपा केन्द्रीय समितिको बैठक आगामी बिहीबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलको नेतासम्बन्धी विषयमा

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षार्थ तालिमप्राप्त कुकुर परिचालन

चितवन । चितवन राष्ट्रिय निकुञ्जले सुरक्षाका लागि प्रविधिको प्रयोगमा ल्याएको