१८ बैशाख २०८१, मंगलबार | May 1, 2024

भारतमा निर्मित कोरोना खोपको आपतकालीन प्रयोग गर्न नेपालमा अनुमति



काठमाडौं । नेपाल सरकारले भारतमा निर्मित कोरोना खोप प्रयोग गर्न अनुमति प्रदान गरेको छ ।

औषधि व्यवस्था विभागले भारतमा निर्मित ‘कोभिसिल्ड’ खोपलाई आपत्कालीन प्रयोग अनुमति प्रदान गरेको हो । कोभिसिल्ड सेरम इनिस्च्युट अफ इण्डियाले उत्पादन गरेको खोप हो ।

अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर विकास गरेको खोपलाई भारतको सेरम इन्स्टिच्यूट अफ इन्डियाले उत्पादन गरेको छ । भारतले यसअघि नै यो खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिइसकेको छ ।

नेपालमा कोभिड १९ विरुद्धको खोपको आपतकालीन प्रयोगका लागि शुक्रबारको विभागीय निर्णय अनुसार कोभिसिल्ड प्रयोग गर्न अनुमति दिएको हो । नेपालमा यो खोप यो हुकुम डिस्ट्रिब्युटर्स एन्ड लजिस्टिक प्रालीले दर्ता गरेर ल्याउन लागेको हो ।

बुधबार मात्रै औषधी व्यवस्था विभागले सूचना जारी गर्दै कोभिड–१९ विरूद्ध खोपको आयातका लागि उत्पादक वा आयातकर्तालाई दर्ता अनुमति पत्र लिन आवेदन माग गरेको थियो ।

औषधि वा खोपको आपतकालीन प्रयोग सम्बन्धी संहिता, २०७७ र ‘कोभिड–१९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी’ अवधारणापत्रलाई आधार मानेर विभागले अनुमति प्रदान गरेको हो ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ४ : २४ बजे

डिजेल, मट्टितेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

पशुपतिनाथको जलहरी प्रकरणका तीन जनालाई सफाइ

काठमाडौं । विशेष अदालतले पशुपतिनाथ मन्दिरको जलहरी प्रकरणमा आरोपित पशुपति

मुलुकको अर्थतन्त्रको आकार ५७ खर्ब चार अर्ब हुने प्रक्षेपण

काठमाडौं । चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर तीन दशमलव ८७

‘पुजार सार्की’ को दोस्रो गीत ‘रिमै’ सार्वजनिक

काठमाडौं । दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ को

कपिलवस्तुको पकडीमा एभरेष्ट बैंकको चौंथो एक्स्टेन्सन काउन्टर उद्घाटन

बुटवल । कपिलवस्तुको पकडीमा एभरेष्ट बैंक लिमिटेडको चौंथो एक्स्टेन्सन काउन्टर