१ पुस २०८२, मंगलबार | December 16, 2025

प्रतिनिधिसभा विघटनको मुद्दा बृहत पूर्ण इजलासमा लैजान संवैधानिक इजलासद्वारा अस्वीकार



काठमाडौं । प्रतिनिधिभा विघटन विरुद्धका रिटमाथि बृहत पूर्ण इजलास गठन गर्न माग भएपनि सर्वोच्च अदालतले त्यसलाई अस्वीकार गरेको छ ।

संवैधानिक इजलास कि बृहत पूर्ण इजलास गठन गर्ने भन्ने विषयमा पक्ष विपक्षको बहसपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले संवैधानिक इजलासबाटै मुद्दाको टुंगो लगाउने निर्णय गरेको छ ।

प्रतिनिधिसभा विघटन विरुद्ध १३ जनाले सर्वोच्चमा रिट हालेका थिए । जसमध्ये १२ जनाले बृहत पूर्ण इजलासको माग गरेका थिए । तर, संवैधानिक इजलासले सो माग अस्वीकार गर्दै संवैधानिक इजलासमै छलफल अघि बढाउने निर्णय गरेको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संंवैधानिक इजलासले सो आदेश दिएको हो ।“प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७(३)बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकाले निवेदकको मागबमोजिम गर्नु परेन, कानूनबमोजिम गर्नू”, आदेशमा भनिएको छ ।

‘हेर्दाहेर्दैमा’ राखिएको सो मुद्दाको आगामी सुनुवाइ यही माघ ४ गतेका लागि तोकिएको छ ।

रिट निवेदकका तर्फबाट बहस गर्दै वकिलहरुले यसअघिको नजिरलाई समेत ख्याल गर्दै बृहत पूर्ण इजलास गठन गर्नुपर्ने माग गरेका थिए । तर, सरकारी पक्षका वकिलहरुले भने संवैधानिक इजलासबाटै टुंगो लगाउनुपर्ने जिकिर गरेका थिए ।

प्रकाशित मिति : २ माघ २०७७, शुक्रबार  ५ : २४ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज