४ बैशाख २०८१, मंगलबार | April 16, 2024

भारतमा कोरोना विरुद्धको महाखोप अभियान सुरु, उदघाटनमै भावुक बने भारतीय प्रधानमन्त्री मोदी



एजेन्सी । बिश्वकै ठूलो खोप अभियान दाबी गरेको भारतले आजबाट कोरोना विरुद्धको खोप लगाउन सुरु गरिएको छ।

भिडियो सम्मेलनमार्फत् प्रधानमन्त्री नरेन्द्र मोदीले खोप अभियानको शनिबार उद्घाटन गरेका छन्। उदघाटनका क्रममा निकै भावुक देखिएका मोदीले कोरोना संक्रमणबाट मृत्यु भएका आफ्ना नागरिकको स्मरण गरेका थिए । प्रधानमन्त्री मोदीले भर्चुअल सम्बोधन गर्दै सेवामा खटिएकै क्रममा मृत्यु भएका भारतका तमाम डाक्टर, नर्स, पैरामेडिकल स्टाफ, एम्बुलेन्स चालक, सफाई कर्मचारी, प्रहरी सहित सबै फ्रंटलाइन कामदार प्रति श्रद्धान्जली अर्पण गरे ।

उनले महामारीका बेला काखका बच्चाहरु आमासँग छुट्टीएर बस्नु परेको, अफन्तले बिरामीको सेवा गर्न नसकेको र दाहसंस्कारमा समेत सामेल हुन नसकेको अवस्थाको स्मरण गर्दै कोरना विरुद्धको खोपले त्यो दिनको अन्त्यहुने आशा पलाएको बताए

भारत सुरकारले सुरु गरेको खोप अभियानअन्तर्गत सवैभन्दा पहिला कोरोनाविरुद्धको लडाईमा अग्रपक्तिमा खटिएकाहरुलाई खोप लगाउने मापदण्ड बनाइएको छ । खोपका लागि एकिकृत बालविकास सेवाका कर्मचारीसहित सरकारी तथा नीजि क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई सवैभन्दा पहिलो प्राथमिकतामा राखिएको छ।
अग्रपंक्तिका सेवाप्रदायकसहित पहिलो चरणमा झण्डै तीन करोड नागरिकलाई खोप लगाउने भारतीय सरकारको तयारी छ।

खोप लगाउनका लागि देशभरी तीन हजार ६ ठाउँमा खोप केन्द्रको व्यवस्था गरिएको र ती सवै भर्चुअल माध्यमबाट एक अर्कामा सम्पर्कमा रहने व्यवस्था गरिएको अधिकारीहरुले जनाएका छन्। आज पहिलो दिन हरेक खोप केन्द्रमा सय जनाको दरले खोप लगाउन सक्ने जनाइएको छ।

दैनिक विहान ९ बजेदेखि बेलुका ५ बजेसम्म खोप सेवा उपलब्ध गराइने केन्द्रीय स्वास्थ्य मन्त्री डा. हर्ष बर्धनले जानकारी दिए।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ३ : ०६ बजे

सुदूरपश्चिमको मुख्यमन्त्रीमा दुवै प्रस्ताव अस्वीकार, दुई दिनभित्र फेरी दाबी गर्न आव्हान

धनगढी । सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले दुई दिनभित्र मुख्यमन्त्रीका लागि

२३ किलो चरेस सहित रुकुमका बमबहादुर पुन बर्दियाबाट पक्राउ

बर्दिया । बर्दियाको फुटाहा स्थित नेपाल भारत सीमाको दशगजा नजिकैबाट

आजबाट भैरहवामा माछापुच्छ्रे बैंकले आफ्नै भवनबाट सेवा प्रबाह

बुटवल । माछापुच्छ्रे बैंकले रुपन्देहीको भैरहवामा आफ्नै भवनबाट सेवा दिन

स्काइवाक टावरको टिकट खरिदमा प्रभु बैंक लिमिटेडका ग्राहकहरुलाई बिशेष छुट

काठमाण्डौ । प्रभु बैंक लिमिटेडका ग्राहकहरूले स्काइवाक टावरको अवलोकन भ्रमण

२ सय ७२ किलो गाँजासहित कन्टेनर र चालक नियन्त्रणमा

बुटवल । सशस्त्र प्रहरीले २७२ किलो गाजासहित ट्रक र चालकलाई