२५ बैशाख २०८१, मंगलबार | May 8, 2024

संविधानको उल्लंघन गर्ने ब्यक्ति प्रधानमन्त्री हुन सक्दैनन : नेता भुसाल



बुटवल । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड(नेपाल पक्षका नेता घनश्याम भुसालले संविधानको उल्लंघन भएको हुदा प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री पदमा बस्न नमिल्ने बताएका छन् । नेकपा प्रचण्ड नेपाल पक्षको तिलोत्तमा नगर कमिटीले शनिबार मणिग्राममा आयोजना गरेको विस्तारित बैठक तथा भेलालाई सम्बोधन गर्दै नेता भुसालले संविधान उल्लंघन गर्ने व्यक्ति प्रधानमन्त्री पदमा नमिल्ने बताए ।

उनले संसद पुनःस्थापना भए पार्टी एकता जोगिने पनि बताउँदै संसद विघटनपछि नेकपा दुई भागमा बाँडिएकोमा संसद पुनःस्थापना हुँदा पार्टी एकीकृत हुने दाबी गरे । संसद पुनस्र्थापना पछि एक भएको नेकपाले प्रधानमन्त्रीले चालेको कदमको गम्भीर समीक्षा गर्ने उनको भनाइ छ ।

उनले संसद पुनःस्थापना हुन नदिने षड्यन्त्र विरुद्धको आन्दोलनलाई सफल बनाउन सबै न्यायप्रेमीहरु एकै ठाउँमा गोलबन्द हुनुपर्ने बताए । उनले देशका बुद्धिजीवी, संविधानविद्, कानुनविद् सबै संसद विघटनको विपक्षमा रहेकोले पनि प्रधानमन्त्रीको असंवैधानिक कदम सच्चिने जिकिर गरे । उनले भने
‘संविधानलाई ट्रयाकमा ल्याउन, संविधानलाई च्यातिन नदिन पनि संसद पुनःस्थापना हुनुपर्छ ।’

उनले भने, ‘प्रधानमन्त्री संविधान भत्काउने योजनामा हुनुहुन्छ । त्यसको फायर संसद विघटनबाट खोल्नुभएको छ । सबै कुरा आफ्नो नियन्त्रणमा राख्ने नपाएपछि प्रधानमन्त्रीले संसद विघटन गर्नुभएको हो ।’ पूर्वमन्त्री समेत रहेका नेता भुसालले ओलीले पार्टी कब्जा गर्ने, विधि—प्रक्रियाअनुसार नचलाउने, घोषणापत्र अनुसार सरकारका नीति तथा कार्यक्रम नल्याउने अनि आफैले काम गर्न नदिएको भन्दै पार्टीलाई दोष दिएको स्पष्ट पारे ।

नेकपा स्थायी समिति सदस्य रहेका नेता भुसालले भुसालले वैशाखमा चुनाव नहुने र पछि भैहाले पनि बहुमतको प्रधानमन्त्रीले संसद विघटन गर्ने प्रवृत्तिले मुलुकमा कहिल्यै स्थिरता नआउने ठोकुवा गरे । शान्ति, स्थिरता, विकासको लागि नेपाली जनताले नेकपालाई अभूतपूर्व अभिमत दिए पनि प्रधानमन्त्रीले त्यसलाई सम्मान गर्न नसकेको बताए।

पार्टीका अर्का नेता तथा सामाजिक विकास मन्त्री सिदर्शन वरालले समाजवाद उन्मुख देश बनाउन दुई ठूला कम्युनिष्ट पार्टीबीच एकता भएकोमा त्यसतर्फ अघि बढ्न नचाहेकोले प्रधानमन्त्रीले अहंकारको धारा लगाएर संसद विघटन गरेको टिप्पणी गरे।

 

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ६ : ३३ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार