१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

त्रिविमा बेथिति : तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च



काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्रै वार्षिक अनुमानित खर्च ४ अर्ब रुपैयाँ हुने गरेको पाइएको छ ।

त्रिवि मातहत रहेका प्राध्यापक, सहप्राध्यापक, उपप्राध्यापक, सहायक प्राध्यापक, शिक्षण सहायकलगायतका लागि मात्रै वार्षिक अनुमानित ३ अर्ब ८७ करोड १६ लाख ७० हजार ७ सय ६० रुपैयाँ तलब स्केलमा खर्च हुने गरेको छ ।

यसरी हेर्दा त्रिविमा अध्यापन गर्नेहरूको मासिक तलबमा अनुमानित ३२ करोड २६ लाख ३९ हजार २ सय ३० रुपैयाँ खर्च हुने गरेको देखिएको त्रिवि आर्थिक प्रशासन महाशाखाले उपलब्ध गराएको विवरणमा उल्लेख छ ।

त्रिविको १ साउन २०७६ देखि लागु भएको तलबमानअनुसार प्राध्यापकका लागि वार्षिक ४१ करोड २१ लाख ३८ हजार ५ सय ६० रुपैयाँ खर्च हुने गरेको छ ।

यस्तै सहप्राध्यापकका लागि वार्षिक १ अर्ब २५ करोड ४२ लाख ४३ हजार ३ सय ६० रुपैयाँ खर्च हुने गरेको छ । त्रिवि आर्थिक प्रशासन महाशाखाका अनुसार उपप्राध्यापकका लागि तलबमा मात्रै वार्षिक १ अर्ब ४८ करोड २७ लाख ५३ हजार ६ सय रुपैयाँ खर्च हुने गरेको छ ।

यस्तै सहायक प्राध्यापकका लागि वार्षिक १७ लाख २७ हजार ५ सय २० रुपैयाँ तलबमा खर्च हुने गरेको देखिएको छ । त्रिविमा प्राध्यापक वा सोसरह पदमा कार्यरतको तलब स्केल मासिक ६० हजार ६ सय ८० निर्धारण गरिएको छ ।

त्रिविमा शिक्षण सहायकका रूपमा कार्यरतले मासिक ३५ हजार ९ सय ९० रुपैयाँ बुझ्ने गरेका छन् । शिक्षण सहायकमा कार्यरतका लागि वार्षिक ७२ करोड ८ लाख ७ हजार ७२० रुपैयाँ तलब स्केलमा खर्च हुने गरेको छ । उक्त समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ७ : ०१ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना