१ आश्विन २०८३, बिहिबार | September 18, 2026

झापामा निर्वाचन लक्षित सम्भावित मतदान स्थलको अनुगमन



झापा । सरकारले प्रतिनिधिसभा विघटन गरी विसं २०७७ वैशाख १७ र २७ गते निर्वाचन गर्ने घोषणा गरेसँगै जिल्लामा निर्वाचन लक्षित सम्भावित मतदान स्थल र केन्द्रहरुको अनुगमन शुरु भएको छ ।

झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको संयोजकत्वमा गठित जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले आइतबारदेखि अनुगमन शुरु गरेको हो ।

समितिले विर्तामोड, अर्जुनधारा, दमक, शिवसताक्षी नगरपालिका, कमल र बाह्रदशी गाउँपालिकाका मतदान स्थल र केन्द्रको अनुगमन गरिसकेको समितिका संयोजक तथा प्रजिअ तिम्सिनाले बताए ।

समितिमा राजनीतिक दलका प्रमुख, सुरक्षा निकायका प्रमुख र निर्वाचन अधिकारी, पालिकाका प्रमुख रहेको उनले बताए । विगतमा झापामा २८३ मतदान स्थल र ६९२ मतदान केन्द्र रहेकामा यसपालि केही थप हुने प्रजिअ तिम्सिनाले बताए । विगतमा एउटै मतदान स्थलमा आठ वटासम्म मतदान केन्द्र हुने गरे पनि यसपटक सातवटा भन्दा बढी राख्न नमिल्ने उनको भनाइ थियो ।

उनले सबै पालिकाका मतदाताहरुलाई सहज हुने गरी मतदान स्थल र मतदान केन्द्र थपका लागि केन्द्रमा सिफारिस गरिने बताए । मतदात स्थल र केन्द्र थपका लागि राजनीतिक दल र स्थानीय तहसँग छलफल समेत भइरहेको प्रजिअ तिम्सिनाले बताए ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ७ : १५ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा