७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

आन्तरिक पर्यटन प्रर्वधनका लागि धम्पुस पिकको सफल आरोहण



पोखरा । ६ जना नेपालीले मुस्ताङमा रहेको ६ हजार १२ मिटर अग्लो धम्पुस पिकको सफल आरोहण गरेका छन ।

आन्तरिक पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश) र नेपाल पर्वतारोहण संघ (गण्डकी प्रदेश) को संयुक्त पहलमा २ जना महिलासहित ६ जना नेपालीको टोलीले धम्पुस पिकको सफल आरोहण गरेका हुन ।

यो आरोहणले विश्वव्यापी कोभिड–१९ बाट सुस्ताएको नेपालको आन्तरिक पर्यटनलाई उकास्न सघाउ पुग्ने बताइएको छ । पर्यटन विभागबाट अनुमति लिएर नेपाल पर्वतारोहण संघको प्राविधिक सहयोगमा ६ जना नेपालीहरुको टोलीले धम्पुस पिक आरोहण गरेका हुन ।

आरोहण दलका संयोजक जीवनराज सापकोटाका अनुसार माघ ३ गते बिहान ११.४८ बजे ६ जनाको टोलीले शिखरमा पुगेर नेपालको झन्डा फहराएको थियो ।

पुस २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आरोहीहरूलाई नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको झन्डा हस्तान्तरण गरेका थिए ।

आरोहण दलमा टासी पासाङ गुरुङ (मुस्ताङ), मनु गुरुङ (मनाङ), दीपेशबाबु सुवेदी (कास्की), सनकुमार जुग्जाली (म्याग्दी), सुदीप गौतम (कास्की), हीराकुमारी मल्ल (स्याङ्जा) रहेका छन ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ७ : २० बजे

एकीकृत समाजवादीले सदस्यताको प्रमाणीकरण गर्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले महाधिवेशन प्रतिनिधि चयन गर्न पार्टीका

काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौं। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको

धनुषामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

धनुषा । धनुषामा मोटरसाइकलको ठक्करबाट एकजना पैदलयात्रीको मृत्यु भएको छ

सुनको भाउ हालसम्मकै उच्च विन्दुमा, आज कति छ ?

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । नेपाल

हार्दिक पाण्डेयलाई १२ लाख जरीवाना

काठमाडौं । आइपिएल टिम मुम्बई इन्डियन्सका कप्तान हार्दिक पाण्ड्यालाई १२