१ आश्विन २०८३, बिहिबार | September 18, 2026

आन्तरिक पर्यटन प्रर्वधनका लागि धम्पुस पिकको सफल आरोहण



पोखरा । ६ जना नेपालीले मुस्ताङमा रहेको ६ हजार १२ मिटर अग्लो धम्पुस पिकको सफल आरोहण गरेका छन ।

आन्तरिक पर्यटन प्रर्वद्धन गर्न नेपाल पर्यटन बोर्ड (गण्डकी प्रदेश) र नेपाल पर्वतारोहण संघ (गण्डकी प्रदेश) को संयुक्त पहलमा २ जना महिलासहित ६ जना नेपालीको टोलीले धम्पुस पिकको सफल आरोहण गरेका हुन ।

यो आरोहणले विश्वव्यापी कोभिड–१९ बाट सुस्ताएको नेपालको आन्तरिक पर्यटनलाई उकास्न सघाउ पुग्ने बताइएको छ । पर्यटन विभागबाट अनुमति लिएर नेपाल पर्वतारोहण संघको प्राविधिक सहयोगमा ६ जना नेपालीहरुको टोलीले धम्पुस पिक आरोहण गरेका हुन ।

आरोहण दलका संयोजक जीवनराज सापकोटाका अनुसार माघ ३ गते बिहान ११.४८ बजे ६ जनाको टोलीले शिखरमा पुगेर नेपालको झन्डा फहराएको थियो ।

पुस २७ गते गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आरोहीहरूलाई नेपाल पर्यटन बोर्ड र नेपाल पर्वतारोहण संघको झन्डा हस्तान्तरण गरेका थिए ।

आरोहण दलमा टासी पासाङ गुरुङ (मुस्ताङ), मनु गुरुङ (मनाङ), दीपेशबाबु सुवेदी (कास्की), सनकुमार जुग्जाली (म्याग्दी), सुदीप गौतम (कास्की), हीराकुमारी मल्ल (स्याङ्जा) रहेका छन ।

प्रकाशित मिति : ५ माघ २०७७, सोमबार  ७ : २० बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा