२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

बलात्कृत बालिकाको उपचारमा दरिलो साथ दिन नगरपालिकालाई ध्यानाकर्षण



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी ५ वर्षीय बालिकालाई बलात्कार गर्ने पिडकलाई हदैसम्मको कारवाही गर्ने वातावरण सिजर्ना गर्न र बालिकाको उपचारमा दरिलो साथ दिन आग्रह गर्दै नगरपालिकाका मेयर बासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाईएको छ ।

महिला अधिकारको क्षेत्रमा काम गर्ने ‘महिला सचेतना, अधिकार र सशक्तिकरणका लागि आवाज’ संस्थाले सोमबार नगरपालिकाको कार्यालयमा पुगेर मेयर घिमिरेलाई पिडकलाई हदैसम्मको कारवाहीको वातावरण निर्माण गर्न र पिडित बालिकाको उपचारमा दरिलो साथ दिनको लागि आग्रह गरेको हो ।

ज्ञापन पत्रमा नगरपालिकाको तर्फबाट प्रयाप्त सहयोग तथा सद्भाव नदेखिँदा पिडितलाई संरक्षण गर्न खोजिएको हो की भन्ने त्यस समुदायमा आशंका उत्पन्न भएकोले त्यस्ता आशंका समेत उत्पन्न हुन नदिनेगरी काम गर्न समेत आग्रह गरिएको छ ।

त्यस अवसरमा बोल्दै मेयर घिमिरेले बालिका बलात्कृत भएको भोलीपल्ट मात्रै आफूले थाहा पाएको र थाहा पाएलगत्तै आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम गरेको बताए ।

उनले पिडितलाई हदैसम्मको कारवाहीको लागि जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसंग नियमित संम्पर्क भईरहेको बताउँदै बालिकाको उपचारको लागि सम्बन्धित कार्यालयले जिम्मा लिईसकेको तथा उपचारमा लैजाने ल्याउने तथा त्यस बाहेकका खर्च नगरपालिकाले व्यहोर्ने गरी नगरपालिका तयार रहेको जानकारी समेत गराए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १५ कोटिहवामा पर्ने वडा नं। १३ को सिमा बबनीमा ५ वर्षीया बालिका माथि बलात्कार भएको थियो । यहि माघ १ गते साँझ ५ बजेको समयमा बालिकालाई लोभलालचमा पारेर नजिकैको झाडीमा लगेर बलात्कार गरी बहोस अवस्थामा झाडीमा फ्याकीएको अवस्थामा भेटिएको थियो ।

बालिका बलात्कारको आरोपमा प्रहरीले कपिलबस्तु बाणगंगा नगरपालिका वडा नं. १० का ओमबहादुर बिकलाई पक्राउ गरि अनुसन्धान अंगाडी बढाएको छ ।

बालिका बलात्कारको अभियोगमा पक्राउ परेको ओमबहादुरले बलात्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाको काठमाण्डौको टिचिङ अस्पतालमा उपचार भईरहेको बताईएको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ६ : २७ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको