१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

बलात्कृत बालिकाको उपचारमा दरिलो साथ दिन नगरपालिकालाई ध्यानाकर्षण



तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी ५ वर्षीय बालिकालाई बलात्कार गर्ने पिडकलाई हदैसम्मको कारवाही गर्ने वातावरण सिजर्ना गर्न र बालिकाको उपचारमा दरिलो साथ दिन आग्रह गर्दै नगरपालिकाका मेयर बासुदेव घिमिरेलाई ज्ञापन पत्र बुझाईएको छ ।

महिला अधिकारको क्षेत्रमा काम गर्ने ‘महिला सचेतना, अधिकार र सशक्तिकरणका लागि आवाज’ संस्थाले सोमबार नगरपालिकाको कार्यालयमा पुगेर मेयर घिमिरेलाई पिडकलाई हदैसम्मको कारवाहीको वातावरण निर्माण गर्न र पिडित बालिकाको उपचारमा दरिलो साथ दिनको लागि आग्रह गरेको हो ।

ज्ञापन पत्रमा नगरपालिकाको तर्फबाट प्रयाप्त सहयोग तथा सद्भाव नदेखिँदा पिडितलाई संरक्षण गर्न खोजिएको हो की भन्ने त्यस समुदायमा आशंका उत्पन्न भएकोले त्यस्ता आशंका समेत उत्पन्न हुन नदिनेगरी काम गर्न समेत आग्रह गरिएको छ ।

त्यस अवसरमा बोल्दै मेयर घिमिरेले बालिका बलात्कृत भएको भोलीपल्ट मात्रै आफूले थाहा पाएको र थाहा पाएलगत्तै आफ्नो तर्फबाट गर्नुपर्ने सबै काम गरेको बताए ।

उनले पिडितलाई हदैसम्मको कारवाहीको लागि जिल्ला प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीसंग नियमित संम्पर्क भईरहेको बताउँदै बालिकाको उपचारको लागि सम्बन्धित कार्यालयले जिम्मा लिईसकेको तथा उपचारमा लैजाने ल्याउने तथा त्यस बाहेकका खर्च नगरपालिकाले व्यहोर्ने गरी नगरपालिका तयार रहेको जानकारी समेत गराए ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १५ कोटिहवामा पर्ने वडा नं। १३ को सिमा बबनीमा ५ वर्षीया बालिका माथि बलात्कार भएको थियो । यहि माघ १ गते साँझ ५ बजेको समयमा बालिकालाई लोभलालचमा पारेर नजिकैको झाडीमा लगेर बलात्कार गरी बहोस अवस्थामा झाडीमा फ्याकीएको अवस्थामा भेटिएको थियो ।

बालिका बलात्कारको आरोपमा प्रहरीले कपिलबस्तु बाणगंगा नगरपालिका वडा नं. १० का ओमबहादुर बिकलाई पक्राउ गरि अनुसन्धान अंगाडी बढाएको छ ।

बालिका बलात्कारको अभियोगमा पक्राउ परेको ओमबहादुरले बलात्कार गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ । बलात्कृत बालिकाको काठमाण्डौको टिचिङ अस्पतालमा उपचार भईरहेको बताईएको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ६ : २७ बजे

शिक्षा मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका २० कर्मचारीलाई स्पष्टीकरण

नमस्ते नेपालले युवा लक्षित ‘अब के ?’ बहस कार्यक्रम गर्दै

बुटवल । नमस्ते नेपाल रुपन्देहीले तिलोत्तमाममा युवा लक्ष्यित अव के ? नामको बहस कार्यक्रम गर्ने भएको छ । योगीकुटीमा रहेको होटल पौवामा यहि चैत १७ गते शनिवार कार्यक्रम आयोजना गर्ने र युवालाई रोजगारीको बाटो खोल्न र स्वदेशमै राख्ने वातावरण मिलाउने भिजन खोज्न कार्यक्रम गरिने अध्यक्ष मनिष भुषालले जानकारी दिए । कार्यक्रममा पुर्व मन्त्री तथा रुपन्देही क्षेत्र नम्बर २ का संघीय संसाद विष्णु पौडेल, संघीय सभा संसाद सन्तोष परियार, राष्ट्रिय योजना आयोगका पुर्व उपाध्यक्ष गोविन्द पोखरेल, सूचना तथा सञ्चार विज्ञ किरन बज्राचार्य, भिजन लुम्बिनीका अध्यक्ष जगतबहादुर पोखरेल लगायतका बक्ताहरुको सहभागीता रहने छ ।  वक्ताहरुले युवालाई स्वरोजगार बनाउन र स्वदेशमै टिकाउने योजना सहितका तरिका वताउने नमस्ते नेपालले जानकारी गराए । कार्यक्रममा देशभरबाट ३ सय जना युवाहरुको सहभागीता हुने अपेक्षा गरिएको संरक्षण तथा संस्थापक अध्यक्ष अर्जुन खरेलले जानकारी दिए ।  वि.स. २०६८ सालमा बाल क्लवको रुपमा स्थापना भएको नमस्ते नेपालले विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आएको छ ।  कार्यक्रममा प्रदेश युवा परिषदका उपाध्यक्ष गोबिन्द केसी, प्रचार बिभागका प्रमुख बिपिन नेपाल लगायतले आआफ्ना भनाई राखेका थिए ।

त्रिभुवन विश्वविद्यालयको उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न उच्चस्तरीय समिति गठन

काठमाडौं ।  त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटना छानबिन गर्न तीन

रास्वपाबाट इलाम- २ मा मिलन लिम्बु बने उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले  वैशाख १५ गते

एमाले पार्टी कार्यालय अध्ययन भ्रमणमा पुगे रास्वपाका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरुले नेकपा एमालेको