३ पुस २०८२, बिहिबार | December 18, 2025

आजको मौसम : १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशमा आंशिक बदली



काठमाडौं । हाल देशको पूर्वी भू-भागमा उत्तरी बंगलादेश र त्यस आसपासका क्षेत्रमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव कायमै रहेको छ।

हाल प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागको मौसममा आंशिक बदली रहेको छ । त्यस्तै बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहेको छ । हाल तराईका भू-भागहरुमा हुस्सु र कुईरो लागेको छ।

आज काठमाडौंको न्युनतम तापक्रम ६ डिग्री सेल्सियस रहने छ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियस रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आज दिउँसो प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना छ ।

देशका बाँकी प्रदेशहरुको मौसममा आंशिक बदली रहने सम्भावना देखिएको विभागले जनाएको छ। त्यसैगरी आज राती प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशको मौसममा आंशिकदेखि सामान्य बदली रहने सम्भावना देखिएको छ ।

देशका बाँकी भू-भागहरुको मौसम सामान्यतया सफा रहने छ। प्रदेश नं १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भू-भागका एक, दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ६ : ४६ बजे

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका

ओलीको ह्याट्रिक, दुई तिहाई बढी मतले एमाले अध्यक्षमा विजयी

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तेस्रो पटक

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र