१ आश्विन २०८३, बिहिबार | September 18, 2026

भारतमा कोरोना खोप : ५८० मा साइड इफेक्ट, ७ जना अस्पताल भर्ना



एजेन्सी । छिमेकी देश भारतमा कोरोना खोप लगाउन सुरु गरेको आज ४ दिन भइसकेको छ । सोमबारसम्म ३ दिनको खोप अभियान सकिएको छ ।

भारतीय मिडियाहरुमा आएका खबरअनुसार सोमबार मात्रै २५ राज्यका गरी १ लाख ४८ हजारभन्दा बढीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाइएका छन् । यससँगै तीन दिनमा भारतमा खोप लगाउनेको संख्या ३ लाख ८१ हजारभन्दा बढी पुगेको भारतीय सञ्चार माध्यमहरुले खबर दिएका छन् ।

भारतीय मिडियामा आएका खबर अनुसार कोभिड खोप लगाएपछि केही व्यक्तिमा त्यसको साइड इफेक्ट पनि देखिएको छ । भास्कर डटकमले दिएको एक खबर अनुसार अहिलेसम्म कोरोना खोप लगाएका ५८० भन्दा बढी व्यक्तिलाई साइड इफेक्ट देखिएको छ । यसमध्ये ७ जनालाई अस्पताल नै भर्ना गरिएको छ ।

यसरी अस्पतालमा भर्ना हुनेमा दिल्लीका ३, कर्नाटकका २, उत्तराखण्ड र छत्तिसगढका १-१ जना रहेका छन् । अस्पताल भर्ना भएकाहरुको पनि स्वास्थ्य सामान्य भएको छ । भारतले पहिलो चरणमा कोभिड उपचारका खटिने अग्रपंतिका स्थास्थ्यकर्मी, चिकित्सकलाई खोप दिइरहेको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ७ : २७ बजे

हिमाली सभ्यतामाथि नै खतरा छ भनेर विश्वलाई बुझाउँछौँ : परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रको

नेपालगन्जमा रामलीलाको १५९ औं सृङ्खलाको तयारी

नेपालगन्ज । नेपालगन्जमा रामलीलाको १५९औँ शृंखलाको तयारी गरिएको छ ।

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २४ घण्टामा थपियो करिब २३ करोड

काठमाडौँ । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

अर्थमन्त्री डा स्वर्णिम वाग्ले र भारतीय समकक्षी निर्मला सीतारमणबीच भेटवार्ता

काठमाडौँ । भारत भ्रमणमा रहनुभएका अर्थमन्त्री डा स्वर्णिम वाग्ले र

अख्तियारको वार्षिक प्रतिवेदन : ९९० प्रतिवादीविरुद्ध बिगोसहित मुद्दा दर्ता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०८२/८३ मा