१७ बैशाख २०८१, सोमबार | April 29, 2024

भारतमा कोरोना खोप : ५८० मा साइड इफेक्ट, ७ जना अस्पताल भर्ना



एजेन्सी । छिमेकी देश भारतमा कोरोना खोप लगाउन सुरु गरेको आज ४ दिन भइसकेको छ । सोमबारसम्म ३ दिनको खोप अभियान सकिएको छ ।

भारतीय मिडियाहरुमा आएका खबरअनुसार सोमबार मात्रै २५ राज्यका गरी १ लाख ४८ हजारभन्दा बढीले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप लगाइएका छन् । यससँगै तीन दिनमा भारतमा खोप लगाउनेको संख्या ३ लाख ८१ हजारभन्दा बढी पुगेको भारतीय सञ्चार माध्यमहरुले खबर दिएका छन् ।

भारतीय मिडियामा आएका खबर अनुसार कोभिड खोप लगाएपछि केही व्यक्तिमा त्यसको साइड इफेक्ट पनि देखिएको छ । भास्कर डटकमले दिएको एक खबर अनुसार अहिलेसम्म कोरोना खोप लगाएका ५८० भन्दा बढी व्यक्तिलाई साइड इफेक्ट देखिएको छ । यसमध्ये ७ जनालाई अस्पताल नै भर्ना गरिएको छ ।

यसरी अस्पतालमा भर्ना हुनेमा दिल्लीका ३, कर्नाटकका २, उत्तराखण्ड र छत्तिसगढका १-१ जना रहेका छन् । अस्पताल भर्ना भएकाहरुको पनि स्वास्थ्य सामान्य भएको छ । भारतले पहिलो चरणमा कोभिड उपचारका खटिने अग्रपंतिका स्थास्थ्यकर्मी, चिकित्सकलाई खोप दिइरहेको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ७ : २७ बजे

बझाङमा रोचक प्रतिस्पर्धा, फेरि अघि लागे एमालेका भण्डारी

काठमाडौं। बझाङको प्रदेश सभा क्षेत्र नम्बर १ (क) को मतगणना

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा