२१ बैशाख २०८३, सोमबार | May 4, 2026

खोपको असमान वितरण भइरहे कोरोनाले थप विपत्ति निम्त्याउछ : डब्ल्युएचओ



काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना विरुद्धको खोप असमान तवरले वितरण भइरहे थप विपत्ति निम्तिने चेतावनी दिएको छ ।
डब्ल्युएचओका प्रमुख, डाक्टर टेड्रोस अधानम गेब्रियससले धनी र पहुँच भएका देशका नागरिकले मात्रै खोपमा पहुँच पाउने अवस्थाले थप विपत्ति निम्त्याउने निश्चित रहेको चेतावनी दिएका हुन् ।

गरीब देशका पाको उमेर तथा जोखिम वर्गका मानिसभन्दा धनी देशका युवाहरुले पहिले खोप पाउनु खोपको अनुचित र असमान वितरणको उच्चतम नमूना भएको उनले बताए । अहिलेसम्म विश्वका ४९ देशमा तीन करोड ९० लाख डोज खोप दिइएको र ती अधिकांश खोप असमान तवरले वितरण भएकोमा गेब्रियससले चिन्ता जनाएको बीबीसीले जनाएको छ ।

अहिलेसम्म चीन, भारत, रूस, बेलायत र अमेरिकाले कोरोनाविरुद्धको खोप विकास गरिरहेका छन् । यी सबै देशले आफ्नो देशका नागरिकलाई प्राथमिकतामा राखेका छन् । कोरोना विरुद्धको खोप वितरणमा विश्व विनाशकारी नैतिक असफलताको नजिक रहेको र यसको मूल्य तत्काल गरीब देशले चुकाउनुपर्ने उनले चेतावनी दिए ।

डब्ल्युएचओले यस्तो अवस्थामा खोपको मूल्य बढ्ने, महामारी झन् बढ्ने र प्रतिबन्धहरुमा कारण आर्थिक समस्या डरलाग्दोरूपमा देखिने खतरा उच्च भएको आकलन गरिएको छ । विश्व स्वास्थ्य संगठनले विश्वमा खोपको बाँडफाँड गर्न यसअघि नै कोभ्याक्स कार्यक्रमका लागि प्रतिबद्धता आह्वान गरेको छ । यो कार्यक्रम अर्को महिना सुरु हुनेछ । डब्ल्युएचओले आउँदो अप्रिल ७ तारिखमा विश्व स्वास्थ्य दिवस मनाउँदा सबै देशहरुमा खोप अभियान सुरु हुने अपेक्षा गरेको छ ।

चीनको वुहानबाट सुरू भएको कोरोना भाइरसको संक्रमण हाल विश्वभर नै फैलिसकेको छ ।

हालसम्म ९ करोड ६० लाख संक्रमित भएका छन् भने २० लाख ४८ हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  ७ : ३५ बजे

बुटवलबाट ४३ लाख बढीको भेपसहित १ जना पक्राउ

बुटवल । रुपन्देही प्रहरीले बुटवलबाट ठुलो परिमाणमा हुक्काको भेप सहित

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा

खजुरा क्षेत्रको राजमार्ग फराकिलो बनाउन माग गर्दै स्थानीयबासीको ज्ञापनपत्र

खजुरा । बाँके खजुराका स्थानीयबासीले नेपालगन्ज-गुलरिया सडक खण्डको खजुरा बजार

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा

बुटवलमा दोस्रो संस्करणको राष्ट्रिय महिला फुटबल प्रतियोगिता बैशाख २६ गतेदेखी

बुटवल । बीस पचहत्तर युवा परिवार बुटवलको आयोजनामा दोस्रो संस्करणको