२ पुस २०८२, बुधबार | December 17, 2025

प्रतिनिधिसभा विघटन मुद्दा : राष्ट्रपतिको भूमिकामाथि इजलासमा प्रश्न



काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध परेका मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबार पनि बहस जारी छ ।

रिट निवेदकहरुको तर्फबाट बहसमा भाग लिँदै अधिवक्ता शिवकुमार यादवले राष्ट्रपतिको भूमिकामाथि प्रश्न उठाएका छन् ।

अधिवक्ता यादवले राष्ट्रपतिद्वारा कुनै सिफारिसलाई महिनौं रोक्ने तर गैरसंवैधानिक सिफारिसलाई तत्कालै सदर गर्दै प्रतिनिधिसभा विघटन गर्ने काम भएकोमा प्रश्न गरे ।

अहिले निर्वाचन गर्नै नसक्ने अवस्था रहेको भन्दै यादवले अर्थतन्त्र धरासायी भएको बेलामा थप संकटमा पुर्याउने काम मात्रै गरिएको जिकिर गरे ।

यसअघि सोमबार अधिवक्ताद्वय दीनमणि पोखरेल र सरोजकृष्ण घिमिरेले बहस गरेका थिए।

प्रधानन्यायाधीस नेतृत्वको पाँच सदस्यीय संवैधानिक इजलासमा बहस जारी छ ।

प्रकाशित मिति : ६ माघ २०७७, मंगलबार  १ : १३ बजे

नेपाल-चीन आर्थिक सहकार्यमा जोड

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले नेपाल-चीन आर्थिक सहकार्य र लगानी

बुटवलमा भोलिदेखी सुरु हुने १६ औं औद्योगिक प्रदर्शनीको तयारी पूरा

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूर बुटवल । १६ औँ राष्ट्रिय

बढ्यो अमेरिकी डलरको मूल्य

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

उच्छृङ्खल गतिविधि गर्नेलाई कानुनबमोजिम कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं । पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित

विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै प्रकाशन हुने

काठमाडौं । विसं २०८३ को पञ्चाङ्ग २०८२ साल अनुरूप नै