२६ बैशाख २०८१, बुधबार | May 8, 2024

चाँदीका गहना र सुनसहित दुई पक्राउ



सर्लाही । सर्लाहीमा भन्सार छली ल्याएको चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका छन् ।

नवलपुर–मलङ्गवा सडकखण्डबाट भन्सार छली ल्याइँदै गरेको अवस्थामा करिब ७१ तोला चाँदीका गहना र सुनसहित दुई जना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय नवलपुर, सर्लाहीबाट खटिएको प्रहरी गस्ती टोलीले नवलपुर–मलङ्गवा सडकखण्डमा सवारी जाँच गर्ने क्रममा अवैध चाँदी र सुनसहित रौतहटको चन्द्रपुर नगरपालिका–१ का २७ वर्षीय मोटरसाइकल चालक शशिकृष्ण गजमेर र पछाडि सवार सरोज विकलाई पक्राउ गरेको जनाएको छ ।

छिमेकी देश भारतबाट मङ्लगवा हुँदै नवलपुरतर्फ आएको बा६९प ५१६१ नंको मोटरसाइकललाई रोकी जाँच गर्दा भन्सार छलेर ल्याइएको ७१ तोला ३४ लाल चाँदीको गहना र २७।७ लाल सुन झोलामा पोका पारेर लुकाइएको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताए ।

उनीहरुको साथबाट नगद रु ३७ हजार ५०० समेत बरामद भएको र भन्सार छली गरेर ल्याइएको गहनाको अन्दाजी मूल्य रु ७० हजार कायम गरी थप अनुसन्धान र कारवाहीका लागि भन्सार कार्यालय मलङ्गवामा पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

खुला सिमानाका कारण पछिल्लो समय भन्सार छली तथा सिमानामा चोरी तस्करीका घटना निरन्तर हुने गरेका प्रहरीको अनुसन्धानले देखाएको छ । रासस

प्रकाशित मिति : ७ माघ २०७७, बुधबार  १० : ४५ बजे

राजस्थानमाथि दिल्ली २० रनले विजयी

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल)अन्तर्गत दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई

कस्तो छ आजको मौसम ?

काठमाडौं । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

आज मातातीर्थ औँसी अर्थात आमाको मुख हेर्ने दिन, श्रद्धापूर्वक मनाइँदै 

काठमाडौं । आज मातातीर्थ औँसी । आमाको मुख हेर्ने पर्वको

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को